२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्वः गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताउनुभएको छ ।

सोमवार कानून, न्याय तथा मानव अधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा बोल्दै मन्त्री खाँणले विधिको शासन र मानव अधिकारलाई सृदृढ बनाउनु साझा दायित्व भएको बताउनुभएको हो ।

उहाँले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘विधिको शासन र मानव अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मुल आधारशिला हो । यसलाई सबल र सुदृढ गराउने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल गराउनु हामी सबैको साझा दायित्व हो । यस सन्दर्भमा सरकार, सरकारका सबै निकायहरु, संसद र मुलुकको सबै निकायहरुको प्रतिवद्धता पनि म व्यक्त गर्न चाहान्छु ।

नेपालमा मानव अधिकारकर्मीहरुको योगदान र भुमिकाको म हार्दिक सह्राना पनि गर्न चाहन्छु । बेला बेलामा हामीहरु कन्जरभेटिभ हुन खोज्दा पनि मानव अधिकारकर्मीहरुले हाम्रो मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र नेपालकै अभ्यासकाप्रति पनि प्रतिवद्धता, सजगता र खबरदारी व्यक्त गरिरहनुभएको छ । नेपालले मानव अधिकारको पक्षमा अन्तर्राष्ट्रिय प्रोटोकलहरुमा पनि दस्तखत गरेको छ । र नेपालको संसदबाट अनुमोदन पनि गरेको छ । त्यसकारणले मानव अधिकारको क्षेत्रमा हामी पारदर्शी र उत्तरदायी रहँदै आएका छौँ ।’

मन्त्री खाँणले मानव अधिकारको पालना गराउने सम्बन्धमा मानव अधिकारकर्मीहरुले खबरदारी गरिरहेको भन्दै मानव अधिकारकर्मीहरुको प्रशंसा गर्नुभयो ।