२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन थप ८८८ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार ७२७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४७४ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको निधन भएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ पुगेको छ ।