२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीेले बहुमत ल्याउने दावी गर्नु भएको छ ।

स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको उल्लेख गर्दै अव हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । जित्ने र टिक्नेहरुलाई मात्रै पार्टीले सो निर्वाचनमा उम्मेदवार बनाउने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आउने निर्वाचनमा नेकपा (एमाले)ले बहुमतका साथ प्रतिनिधिसभामा पनि आफ्नो प्रतिनिधित्व गर्छ । म यो तपाईहरुलाई बताउनु चाहन्छु । अव तपाईहरुको मनमा प्रश्न उठन सक्छ–हिजो स्थानीय तह निर्वाचनमा त भएन नि ? । स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त ग¥यौं । यो हाम्रो दावी मात्रै होइन, निर्वाचन आयोगको बुलेटिनमा उल्लेख गरिएको कुरा हो ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो । अव हामी आउने चुनावमा समयमै उम्मेदवारी दिन्छौं । जित्नेलाई उठाउँछौं, टिक्नेलाई उठाउँछौं । भदौं अन्तिमसम्म हामी चुनावको उम्मेदवारको टुंगो लगाउँछौं । अव बस्ने स्थायी समिति, पोलिटव्यूरो र केन्द्रिय कमिटी बैठकले त्यसका लागि आवश्यक मापदण्ड तय गर्नेछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौंको अन्तिमसम्ममा आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत तय गरिसक्ने बताउनु भयो । त्यसका लागि मापदण्ड तय गर्न स्थायी समिति, पोलिटव्यूरो र केन्द्रिय कमिटीको बैठक भदौं दोस्रो हप्ताका लागि तय गरिएको उहाँको भनाई थियो । त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनमा आवद्ध कुनै पनि दलहरुसँग निर्वाचनमा मोर्चाबन्दी हुने सम्भावना नरहेको पटकपटक दोहो¥याउनु भयो ।




भर्खरै