• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ?

राष्ट्रको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउन आवश्यकः प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनु आवश्यक रहेको बताउनुभएको हो । उहाँले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताउनु भयो ।

नेपाली मोडेलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भुगोल, संस्कृति र जातिय बनावट अनुकुल नेपाली स्वरुपको विकास गर्न सक्नुपर्ने बताउनु भयो । अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष ग¥यौँ । अब देशको स्थायित्व र विकासको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ । मैले गर्ने संकल्प पनि अब एकचोटी फेरि देशको आर्थिक समृद्धिको निम्ति नेपाली जनताले चाहे अनुसार विकासको एउटा नयाँ मोडेलको विकास गर्नकै निम्ति आफूलाई समर्पित गर्ने मैले प्रतिवद्धता व्यक्त गर्दै आएको छु र आज तपाईहरुको यो कार्यक्रममार्फत पनि त्यो व्यक्त गर्न चाहन्छु । नेपालको विकासको मोडेल नेपालको जस्तै हुनुपर्दछ । विगतमा कतिपयले सिंगापुरजस्तो, स्वीट्जरल्याण्डजस्तो, जापानजस्तो इत्यादी भन्नेपनि गरेका छौँ । तर अहिले सबैतिरको स्थिति हेर्दा हामीले नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ ।

हाम्रो इतिहास, भुगोल, संस्कृति, हाम्रो जातिय बनोट अनुसार नै त्यसैको अनुकुल नेपाली मोडेलको विकास हामीले गर्न सक्नुपर्दछ । र त्यो विकासको वातावरण बनाउनको निम्ति हामीले भनेका छौँ उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने, आयात प्रतिस्थापन गर्ने, त्यस्ता उत्पादन कार्य भनेका छौँ भने साथसाथै त्यो उत्पादन कार्यलाई अगाडी बढाएर राष्ट्रलाई समृद्ध बनाउनको निम्ति संस्कृतिको, कलाको, पत्रकारिताको वा विभिन्न क्षेत्रमा कार्यरत सबै श्रष्टाहरुको निकै ठूलो भुमिका छ । किनकी भौतिक विकासले मात्रै पनि मानिसहरुको जिवन र समाज सुमधुर हुन सक्दैन ।’

उहाँले मानिसहरुको जीवन सरल र सहज बनाउनको निम्ति कला र संस्कृतिको ठूलो भुमिका हुने बताउनु भयो । कला र संस्कृतिले मानिसलाई सफल जीवन जिउनका लागि प्रेरणा दिने उहाँको भनाई छ ।