९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बिर्तामोडको फोहर निजी जग्गामा व्यवस्थापन गरिने

बिर्तामोडको फोहर निजी जग्गामा व्यवस्थापन गरिने
अ अ+ अ-

बनियानी । केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहर उठ्ने भएको हो ।

नगरमा उत्पादित फोहर तत्कालका लागि बिर्तामोड–८ हर्चनास्थित सुरेन्द्र नेपालको निजी जग्गामा बिर्सन गरिने भएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिनुभयो । जग्गाधनीसँग सहमति भइसकेकाले नगरको फोहर आजदेखि नै उठाइने उहाँले बताउनुभयो । बिर्तामोडमा फोहर व्यवस्थापनमा समस्या हुँदा केही दिनयता फोहोर सडक किनारमै रहेको छ ।

सर्वदलीय बैठकमार्फत फोहर व्यवस्थापन गर्न सबै राजनीतिक दल, स्थानीयवासी र सरोकारवालाले आवश्यक सहयोग/समन्वय गर्ने निर्णय भएको नगरप्रमुख पवित्रा महताराले बताउनुभयो । फोहर बिर्सजनस्थलसम्म जाने सडकको स्तरोन्नति, तटबन्ध र सडक बत्ती जडानलगायत नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने भएको छ ।

बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गरी फोहर व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन, फोहर व्यवस्थापनको दिगो र प्रभावकारी व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त स्थानमा आवश्यक जग्गा खोजी तथा प्राप्ति तथा कनकाई–अर्जुन–बिर्ता नवीकरणीय ऊर्जा कम्पनीमार्फत फोहरबाट ऊर्जा र मल उत्पादन गर्ने कार्यमा साझेदारी गर्ने निर्णय गरिएको छ ।

कुहिने र नकुहिने फोहर वर्गीकरण गर्न नगरका सबै घर परिवार तथा व्यावसायिक प्रतिष्ठानलाई आह्वान गरिएको छ । वर्गीकरण नभएको फोहर सङ्कलन नगर्ने कार्ययोजना बनाएर लागू गर्ने, फोहर सङ्कलन, ढुवानी र बिर्सजन गर्ने कार्यमा अवरोध पु¥याउनेलाई कारबाही गर्ने तथा फोहर व्यवस्थापनका लागि नगरउपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा गठन भएको समितिमा सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी पुनःगठन गरिने भएको छ ।