५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकारले जनताका निम्ति कुनै काम गर्न सकेनः उपाध्यक्ष नेम्वाङ



अ+ अ-

कपिलवस्तु । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको वर्तमान गठबन्धन सरकारले जनताका निम्ति कुनै काम गर्न नसकेको बताउनुभएको छ ।

उहाँले अहिले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै देशलाई निकास र विकास दिन अब एमालेको सरकार आउनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) कपिलबस्तुले आइतबार आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचन आयोगले सिफारिस गर्दा समेत वर्तमान गठबन्धन सरकार निर्वाचन गराउन नचाहेको भन्दै एमालेले पटक पटक दबाब दिएका कारण नै संघ र प्रदेशको निर्वाचनको मिति तोक्न बाध्य भएको औल्याउनुभयो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेका सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टी संगठनको शुद्धीकरण, सुदृढीकरण र पुनःव्यवस्थित गर्दै अहिले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

उहाँले मंसिर ४ को निर्वाचनबाट एमाले पुनः सबैभन्दा ठूलो दल बन्नबाट कसैले रोक्न नसक्ने वताउनुभयो । सचिव विश्वकर्माले स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै र कमी कमजोरीहरूलाई सच्याउँदै पार्टी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नयाँ उर्जाका साथ आजैबाट लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रशिक्षण कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य विमला घिमिरेले पार्टीलाई मजबुत बनाएर अगाडि बढ्न जरूरी रहेको बताउनुभयो ।

यस्तै केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले समावादी व्यवस्था स्थापना गर्नका निम्ति संघ र प्रदेशको चुनावमा एमालेले जित्नैपर्ने वताउनुभयो । उहाँले गठबन्धनले जित्यो भने कांग्रेसको नेतृत्वमा समाजवाद नभई देश बर्बाद हुने र दलालपुँजीवाद आउने भनाई राख्नुभयो ।

नेकपा (एमाले)जिल्ला कमिटीका अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बलराम अधिकारी लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा करिव पाँच सय अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।