२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुच्चे नक्शामा जुटेको राष्ट्रिय सहमति नागरिकता विधेयकमा किन जुटेन: नेता भट्टराई



file
अ+ अ-

काठमाडौ। नेकपा एमालेका सचिव योगेश भट्टराईले चुच्चे नक्शामा जुटेको राष्ट्रिय सहमति नागरिकता विधेयकमा पनि जुटाउनु पर्ने जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा नेता भट्टराईले लेख्नु भएको छ चुच्चे नक्शामा राष्ट्रिय सहमति जुटेको संसदमा नागरिकता विधेयकमा नजुटने सवालै छैन । खाँचो सकारात्मक पहलको मात्र छ ।

उहाँले लेख्नुभएको छ –

संबिधानले सबैको सीमा, कर्तब्य र अधिकार तोकिदिएको छ । नागरिकता बिधेयकका सन्दर्भमा संबिधानको धारा ११३ ले प्रदान गरेको अधिकारका आधारमा राष्ट्रपतिले नेपालको हितमा आफ्नो कर्तब्य र दायित्व निर्बाह गर्नु भएको छ । राष्ट्रपतिको यो कदमलाई राजनीतिक रङ्ग दिएर मुलुकलाई बिभाजित गर्नखोज्नु ठूलो भुल हुनेछ ।

राष्ट्रपतिद्वारा उठाइएका सवालमा राष्ट्रिय सहमति जुटाउने प्रमुख दायित्व सत्तारुढ गठबन्धनको हो । यसमा एमालेले बिनासर्त भूमिका खेल्ने छ । संघीय संसदमा फर्किएको नागरिकता बिधेयकलाई राष्ट्रपतिद्वारा उल्लेख गरिएका सवालमा सहमति निर्माण गर्ने दायीत्व सभामुख र राष्ट्रियसभाका अध्यक्षको पनि हो । वहाँहरुबाट यो भूमिकाको अपेक्षा गरिन्छ ।

चुच्चे नक्शामा राष्ट्रिय सहमति जुटेको संसदमा नागरिकता विधेयकमा नजुटने सवालै छैन । खाँचो सकारात्मक पहलको मात्र छ ।