२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्बाचन पश्चात गठन हुने संसदले मात्र नागरिकताको बारेमा निर्णय गर्न उपयुक्त: नागरिकता सम्बन्धि सरोकार समूह



अ+ अ-

काठमाडौं । नागरिकता सम्बन्धि सरोकार समूहले राष्ट्रपतिवाट सन्देश सहित नागरिकता बिधेयक संघिय संसदवाट पुनर्विचार हुन् आवश्यक देखिएको भनि फिर्ता पठाउने कार्यलाई स्वागत गरेको छ । समुहले राष्ट्रपतिबाट संघिय संसदमा पठाइएको शन्देश आम नागरिकको जानकारीकालागि संसदवाट सार्बजनिक होस् भनि माग समेत गरेको छ ।

समितिले सन्देश सम्बन्धमा आग्रह, पूर्बाग्रह एब राजनैतिक आस्था भन्दा माथि उठी नागरिक समाज, मिडिया, समाज र संसदमा गम्भीरता पूर्बक अध्ययन, छलफल र अनुसन्धान गरी नागरिकताको समस्यालाइ समग्र रुपमा सम्बोधन गर्न सुझाब समेत दिएको छ ।

मुलुक निर्बाचनमा गएको अबस्थामा वर्तमान संसदले नागरिकता जस्तो मुलुकको जीबनमा दिर्घकालिन रुपमा असर पार्ने बिषयमा निर्णय गर्नु हुँदैनभन्दै समितिले यो बिषयमा निर्बाचन पश्चात गठन हुने संसदले निर्णय गर्नु उचित हुने राय दिएको छ । नागरिकता पाउनु पर्ने नेपाली नागरिकले नागरिकता नपाएर मौलिक मानब अधिकारवाट बन्चित हुने अवस्था सिर्जना नहोस भन्दै सरोकारवालको ध्यान आकृष्ट गराएको छ ।

ध्यान आकृष्ट गराउनेहरुमा डा द्वारिका नाथ ढुंगेल, श्री सूर्यनाथ उपाध्याय, डा राजेश अहिराज, श्री ध्रुवहरि अधिकारी, डा प्रेम सिंह बस्नेत, श्री आदित्यमान श्रेष्ठ, श्री ध्रुवलाल श्रेष्ठ, श्री अनिल योगी, श्री भरत रायमाझी, श्री भरत बस्नेत, श्री आतिष कार्की, श्री भुवन थापा, डा जे पी अग्रवाल, डा शास्त्र दत्त पन्त, प्रध्यापक कान्ता रिजाल, श्री जयन्द्र बिर सिंह बस्नेत, श्रीमती कल्पना दर्लामी, श्रीमती रुपा बस्नेत, श्री क्षितिज शर्मा, श्री महेश डंगोल, श्री नारायण शर्मा, श्री साध्य बहादुर भण्डारी, प्रध्यापक श्री राजकुमार पोख्रेल, श्री राजा थापा, श्री रत्न संसार श्रेष्ठ, श्री सुकदेव भट्टराई खत्री, श्री सुरेश राज चालिसे, शुश्री तृप्ति घिमिरे र डा सुरेन्द्र भण्डारी रहनु भएको छ ।