२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सचिव शारदाको कामनापा मेयर साहलाई पत्र- तपाईलाई असफल हुने छुट छैन



अ+ अ-

काठमाण्डौ ।पूर्व सचिव शारदाप्रसाद त्रितालले काठमाडौं महानगरपालीका प्रमुख बालेन साहलाई एक पत्र लेख्दै असफल हुने छुट नभएको जनाउनु भएको छ ।

उहाँले फोहर व्यवस्थापनको काम लाई उच्च प्रथामिकतामा राखेर अघि बढेपनि परिणाम नदेखिदाँ नागरिकमा निराशा छाएको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको पत्रको पूर्णपाठ

मेयरज्यू
काठमाण्डौ महानगरपालिका
तपाई असफल हुनु भएन !

१) तपाई लाई काठमाण्डौका जनताले त्यसै मेयरमा जिताएका होइनन् । यो विषयमा ख्याल गर्नुहुने नै छ ।

२) काठमाण्डौ एउटा महानगरपालिका मात्र होइन देशको राजधानी शहर पनि हो । यसका आफ्नै किसिमका ऐतिहासिक र सांस्कृतिक मूल्य मान्यता पनि छन् । यिनको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँको काँधमा आएकोछ ।

३) राजनीति ‘’जनताको लागि’’ गरिनु पर्नेमा विगत केही दशकदेखि नेताहरुबाट ‘’जनताउपर’’ राजनीति गरिएको कारणले लामो समयदेखि हर्ताकर्ता भएका ठूला पार्टीका नेताहरुप्रति जनता निराश भएको अवस्था छ ।

४) तपाईको चुनाव घोषणापत्रमा उल्लेख भएअनुसार पनि फोहोरको व्यवस्थापन प्राथमिकतामा परेको देखिन्छ । तर यति लामो समयसम्म पनि यसमा प्रगतिका खास लक्षणहरु देखिन नपाएको कारण तपार्र्इप्रति जनता निराश हुन थालेको देखिन्छ । जनताको स्वास्थ्य र देशको प्रतिष्ठासँग समेत जोडिएको फोहोर व्यवस्थापनको विषयप्रति मेयरज्यू पक्कै पनि सम्वेदनशिल हुनु नै हुन्छ होला ।

५) फोहोर व्यवस्थापनमा विगतदेखि नै दलगत राजनीतिक खिचातानी हुँदै आएको हो । अहिले पनि त्यो भइरहेको देखिन्छ । त्यसैले मेयरज्यूले सम्वेदनशिल भएर काम गरी यो समस्याको शीघ्र समाधान खोज्नु पर्यो ।

यसका लागि–

क) विज्ञहरुसँग निरन्तर छलफल गर्नुपर्यो र कुन स्तरमा छलफल भइरहेकोछ त्यसको जानकारी नियमित रुपमा जनतालाई गराइरहनु पर्यो ।

ख) पार्टीका प्रतिनिधिहरुसँग पनि नियमित छलफलमा रहनुपर्यो र यसबारे पनि जनतालाई जानकारी गराउनु पर्यो ताकि जनताले के भइरहेको छ भन्ने थाहा पाउन सकियोस् ।

ग) फोहोर फालिने क्षेत्रका जनतासँग पनि निरन्तर छलफलमा रहनुपर्यो । पुरा गर्न सक्ने माग पुरा गर्नु पर्यो र गर्न नसकिने माग गर्न सकिंदैन भन्नुपर्यो । यसको जानकारी पनि जनतालाई दिइरहनु पर्यो ।

घ) छिमेकी नगरपालिकाहरुसँग पनि छलफल र सहयोग आदानप्रदान गर्नु पर्यो ।

ङ) विज्ञहरुको सहयोग समेतका आधारमा संघीय सरकारसँगको समन्वयमा फोहोर व्यवस्थापनको अल्पकालिन‚ मध्यकालिन र दीर्घकालिन योजना र त्यसको कार्यान्वयन खाका बनाई सार्वजनिक गर्नुपर्यो । अनि सोही कार्ययोजना अनुरुप काम गरी प्रगति सार्वजनिक गर्ने परिपाटी बसाल्नु पर्यो ।

६) राजधानी शहरको मेयरले संयमता र सुझबुझ पनि देखाउन सक्नु पर्यो । अदालतले दिएका आदेशउपर सार्वजनिक प्रतिक्रिया दिनु भन्दा कानुनबमोजिमको सबूद प्रमाणसहित प्रक्रियामा जाने गर्नु पर्यो । अदालतले गरेका फैसला र आदेशउपर तल्लो स्तरको प्रतिक्रिया दिनका लागि देशका कम्युनिष्ट हौं भन्ने नेताहरु पर्याप्त छन् । त्यस्ता विषयमा प्रतिस्पर्धा गर्न थाल्नु भयो भने तपाइँको असफलता निश्चित छ ।

७) तपाइँसँग हामी जनताले ठूलो आशा र भरोसा गरेका छौं । हामी तपाइँबाट राम्रा कामकुराको मात्र आशा गर्छौं । हाम्रो आशा र भरोसामा तुषारापात हुने छैन भन्ने विश्वास छ ।