१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटाको नाममा सहमति



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटाको नाममा सहमति भएको छ । पार्टी अध्यक्ष र संयोजकमा सहमति जुटेको बताइएको छ । आइतबार ३ बजे पार्टीको बैठक इएको छ । अध्यक्षमा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराईको नाममा सहमति जुटेको समाचार छ ।

स्थानीय तहको निर्वाचनमा लज्जाजनक हार बेहोरेपछि त्यसको नैतिक जिम्मेबारी लिँदै तत्कालीन पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका थिए ।

तर पार्टीले उनको राजीनामा स्वीकृत गरेको थिएन भने नयाँ अध्यक्ष पनि चयन गर्न सकेको थिएन । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निकालेपछि पार्टीलाई दल दर्ता गर्न सकस परेको थियो ।

रवीन्द्र मिश्रले आफ्नो राजीनामा स्वीकृत पनि नभएको र नयाँ अध्यक्ष पनि चयन हुन नसकेको भन्दै आफ्नै नेतृत्वमा दल दर्ता गर्न आग्रह गरेका थिए ।