३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम नेतृत्वको नेसपाले माओवादीकै चुनाव चिन्ह लिएर निर्वाचन लड्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले नेकपा माओवादी केन्द्रककै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने भएको छ ।

माओवादी पार्टीबाट अलग भएको ७ वर्षपछि भट्टराईले आँखा चिन्ह होल्ड गर्दै माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने भएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको हो । यसको औपचारिक घोषणा हुन बाँकी छ । दुवै पार्टीको घोषणापत्र पनि एउटै हुनेछ ।

यस्तै सीट बाँडफाँटका बारेमा भने छलफल हुन बाँकी रहेको बताइएको छ । नेसपा दल अलग्गै रहे पनि चुनाव चिन्ह भने माओवादीको कायम हुनेछ ।

सो सहमति बनेसँगै अब नेसपा सत्ता गठबन्धनको छैटौं घटक हुने पनि पक्का भएको छ ।