१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान स्वतन्त्रता दिवस: पाकिस्तानी झण्डोत्तलन



अ+ अ-

काठमाडौँ । पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा आज पाकिस्तानी राजदूतावासमा एक साधारण र भव्य झण्डोत्तलन गरिएको छ । राजदूत सैयद हैदर शाहले झण्डोत्तलन गर्नुभएको थियो ।

नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारीहरु र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो ।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा शाहले कायद–ए–आजम मोहम्मद अली जिन्नाको नेतृत्वमा भएको पाकिस्तान आन्दोलनको इतिहासको स्मरण गर्नुभयो।

जम्मु कश्मीर विवादको उल्लेख गर्दै उहाँले यस क्षेत्रको दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि जनताको चाहना र संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार लामो समयदेखि चलिरहेको यस विवादको समाधान अपरिहार्य रहेको बताउनुभयो ।