७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान स्वतन्त्रता दिवस: पाकिस्तानी झण्डोत्तलन



अ+ अ-

काठमाडौँ । पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा आज पाकिस्तानी राजदूतावासमा एक साधारण र भव्य झण्डोत्तलन गरिएको छ । राजदूत सैयद हैदर शाहले झण्डोत्तलन गर्नुभएको थियो ।

नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारीहरु र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो ।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा शाहले कायद–ए–आजम मोहम्मद अली जिन्नाको नेतृत्वमा भएको पाकिस्तान आन्दोलनको इतिहासको स्मरण गर्नुभयो।

जम्मु कश्मीर विवादको उल्लेख गर्दै उहाँले यस क्षेत्रको दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि जनताको चाहना र संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार लामो समयदेखि चलिरहेको यस विवादको समाधान अपरिहार्य रहेको बताउनुभयो ।