३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन डर र कर दुवै हो: वरिष्ठ नेता पौडेल



file Photo
अ+ अ-

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भन्नुभयो ।

उहाँले भन्नुभयो, “ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे ।” अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उहाँको भनाइ थियो । एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताउनुभयो । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ ।”

को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उहाँले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताउनुभयो । दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “तलको जनमत हेरेर निर्णय लिन्छौँ ।” उहाँले थप्नुभयो, “कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ ।” कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले कांग्रेसलाई जिताउने हो हराउने होइन ।”

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उहाँले भन्नुभयो “यो निर्णय लिने जिम्मा पार्टीको हो । अहिले नै घोषणा गर्ने समय भएको छैन ।” कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको उहाँले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन हुँदैन भन्नुभयो ।