२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मसँग उपचार गर्ने पैसा पनि छैनः ओली



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको प्रसंग निकाल्दै ओलीले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । उनले भने, ‘तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदिनँ । किनभने मैले दान गरिसकेको छु ।’

सांसद रहेकाले त्यसबाट धेरथोर पैसा आएपनि त्यसले आफ्नो उपचार गर्न नपुग्ने ओलीको भनाई थियो । यस्तै, अध्यक्ष ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई आग्रह समेत गरे ।

युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरुको योगदानलाई बिर्सन नहुने ओलीको भनाई छ ।