५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनबाट तर्सिनुपर्ने आवश्यकता छैनः प्रदीप ज्ञवाली



अ+ अ-

परासी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनबाट तर्सिनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

पाँच दलीय गठबन्धनको घेराबन्दी र एकमात्र उद्देश्य एमाले हराउने हुँदा पनि स्थानीय निर्वाचनमा एमाले लोकप्रिय मतसहित पहिलो दल भएको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले सत्तागठबन्धनसँग सजग भने रहनुपर्ने बताए ।

नेकपा (एमाले) जिल्ला कमिटी पश्चिम नवलपरासीको आयोजनामा शनिबार बर्दघाटमा भएको बृहत प्रशिक्षण कार्यक्रममा नेता ज्ञवालीले उक्त धारणा राखेका हुन् ।

उनले काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतका दलको स्वार्थ भनेको सत्ता प्राप्ति मात्र रहेको, देश र जनताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले मात्र रहेको बताए ।

राष्ट्रियता र लोकतन्त्रको पक्षमा बोल्ने पार्टी एमाले एक्लै भएका कारण अहिले एमाले विरुद्ध मोर्चाबन्दी गरिएको बताउँदै उपमहासचिव ज्ञवालीले कार्यकर्तालाई उच्च मनोबलको साथ अघि बढ्न आग्रह गरे ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम लिएर जनता माझ जान आग्रह गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारका कारण भईरहेको महंगी, भ्रष्टाचार, अनियमितता, राष्ट्रहित विरोधी कार्यहरूको विरुद्ध उत्रन कार्यकर्तालाई निर्देशन दिए ।

नेकपा (एमाले)का जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनाल, केन्द्रीय सदस्य एवं जिल्ला सह ईन्चार्ज विमला अर्याल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य खेमलाल पोखरेल, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतले प्रशिक्षण दिएको जिल्ला सचिव धीरज शर्मा बस्यालले जानकारी दिए ।