• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

महामन्त्रीद्वयले सभापतिको गृहकार्य नगरेपछि…



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ  महाधिबेशन सकिएको केही समयपछि महामन्त्री द्वय गगन थापा र विश्वप्रकास शर्मालाई एउटा गृहकार्य दिनुभएको थियो ।

लामो समयदेखि पार्टीका भातृसंगठनहरुलाई चलायमान बनाउन र बिधानले निर्दिष्ट गरेका काम तयार गरी प्रतिबेदन तयार पार्न निर्देशन दिनुभयो ।

कांग्रेसका अधिकांश भातृ संगठनले तोकिएको समयभित्र महाधिबेशन हुन नसक्दा लगभग सबै संगठन नेतृत्व बिहीन अबस्थामा थियो । पार्टीभित्र र बाहिर आलोचना बढेपछि सभापति देउवाले महामन्त्रीहरुलाई पार्टी एउटा गृहकार्य दिनुभयो । बिधानले तोकेअनुसार सबै भातृसंगठनहरुको नेतृत्व छनौट गरी प्रस्ताब पेश गर्न निर्देशन दिनुभयो ।

तर लामो समयसम्म महामन्त्रीहरुबाट प्रस्ताब नआएपछि देउवाले पटक पटक महामन्त्रीहरुलाई यसबारेमा सोधेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । कांग्रेसको पछिल्लो केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले सभापतिले पदाधिकारीलाई काम दिनुपर्यो भन्दै आफना कुरा राख्नुभयो । उहाँको भनाई थियो– ‘सभापतिजी हामीलाई पनि काम दिनुपर्यो ।’

यत्तिकैमा रोक्नुभयो सभापति देउवाले र भन्नुभयो– ‘तिमीहरु दिएको काम नगर्ने अनि काम माग्ने ? के तिमीहरुले आफूले गर्नुपर्ने काम गरेका छौ ?’

सभापति देउवाले यसअघि नै महामन्त्रीहरुलाई पार्टीका सबै विभागहरु गठनका लागि महामन्त्रीहरुसमक्ष नाम माग्नुभएको थियो । तर महाधिवेशन भएको यतिका दिनसम्म पनि उनीहरुले नाम दिन सकेका छैनन् ।

महामन्त्रीहरुले आफ्नो काम पूरा नगरेपछि सभापतिले आफु ‘अनुकुल’का कार्यकर्ता छान्दै नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ, किसान संघ, जनजाती महासंघ, महिला संघको नेतृत्व छनौट गर्नुभयो ।

सभापतिले आफु खुसी भातृसंगठनको नेतृत्व दिएको भन्दै फेरि महामन्त्रीहरुको प्रतिक्रिया सञ्चारमाध्याममा आएपछि बालुवाटारले असन्तुष्टि जनाएको ती सदस्यले बताए । सभापति देउवाको भनाई उद्धृत गर्दै ती सदस्यले भने– पार्टीको काम लठभद्र पार्ने तर सेलिब्रेटी बन्ने महामन्त्रीको शैली ठीक भएन ।

सभापति देउवा महामन्त्री थापाप्रति निकै असन्तुष्ट हुनुभएको ती सदस्यले बताए । उनले भने– स्थानीय तहको निर्बाचनका बेला महामन्त्री थापाको संयोजकत्वमा गठन भइ तयार भएको चुनाबी घोषणापत्र पनि विश्वविद्यालयको पाठ्यक्रम जस्तो भएको टिप्पणी सभापतिको थियो । यो त विश्वविद्यालयको एक वर्षे कोर्स जस्तो भयो, छोटो छरितो, तथा सरल भाषामा हुनु पर्ने त्यो पनि भएन ।

अझ ढिलो गरी चुनावी घोषणापत्र आउँदा महामन्त्रीहरुले पार्टीका तल्ला तहका सेमत पुर्याउन सकेनन् । पुगेको ठाउँमा पनि जनताले बुझ्न नसक्ने खालको भयो । पछिल्ला दिनमा नेता शेखर कोईराला समूहको बैठकमा महामन्त्री थापाको उपस्थितीप्रति असन्तुष्टि पनि सभापति देउवाले असन्तुष्टि जनाउनुभएको पनि ती सदस्यले जानकारी गराए ।