११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

एमालेलाई निर्वाचनमा बहुमत ल्याउन रोक्नका लागि सत्ता गठबन्धनले सक्दो प्रयास गर्दैछन्ः ओली

एमालेलाई निर्वाचनमा बहुमत ल्याउन रोक्नका लागि सत्ता गठबन्धनले सक्दो प्रयास गर्दैछन्ः ओली
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत आउनका लागि रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरेपनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दावी समेत गर्नु भयो । लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकीर समेत गर्नु भयो ।

सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढछ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘तराई मधेशलाई झुक्याउन खोजियो । तराई मधेशलाई झुक्याएर गलत बाटोमा लान खोजियो । आज तराई मधेश जागरुक भएको छ । र, सही बाटो पहिल्याउँदै अगाडि बढेको छ । पाँच दलीय गठबन्धन । अझ त्यो नपुगेर त्यसलाई विस्तार गर्नका लागि कँुदिराखेका छन । कहिले आठ दलीय गठबन्धन बनाउने, कहिले के बनाउने भनेर । यो गठबन्धन किन बनाउनु प¥यो ? यति साह्रो गठबन्धन किन बनाउन प¥यो । आफ्नो आफ्नो चुनाव लडेर सरकार हुन्थ्यो तर उहाँहरुलाई एमालेले बहुमत ल्याईहाल्छ अनि सरकार के मिलेर बनाउने र ।

त्यसकारण एमालेलाई बहुमतबाट रोक्नका लागि अहिले सबै प्रयास । यो गठबन्धन, सठबन्धन सबै एमालेलाई बुहमतबाट रोक्नका लागि हो । बहुमत ल्याउनबाट रोक्नका लागि यो सबै भएको हो । तर म जहाँ जान्छु । जहाँ पुग्छु । जुन भेगका जनतासँग भेट्छु । अन्तरक्रिया गर्छु, कुराकानी गर्छु । संवाद गर्छु । म त्यहाँ देख्छु–जनता समृद्ध नेपालः सुःखी नेपाली बनाउनका निम्ति कृत संकल्पित छन । जनता दृढ अठोटका साथ अघि बढेका छन । र, यो काम नेकपा –एमाले)को अगुवाईमा मात्रै हुन सक्दछ । नेकपा एमालेको नीति र संगठनका आवद्ध भएर मात्रै यी कामहरु हुन सक्दछ भनेर जनताले भनेका छन । लोकतान्त्रिक शेर्पा संघले पनि यही भनेको छ ।

यही उद्देश्य प्राप्तीका लागि अहिले हाम्रा कलाकार भर्खर सानी बहिनी नाचेर जानु भयो । यही भावका साथ नाच्नु भयो । देशको मुहार फेर्नका लागि, समृद्ध नेपाल सुःखी नेपाली बनाउनका लागि नेकपा एमालेलाई जिताउनु छ । सूर्य चिन्हमा छाप लगाउनु छ भनेर उहाँ जानु भयो । आज कलाहरुको भावना, साहित्यकारहरुको भावना अथवा मजदुरहरुको भावना, किसानहरुको भावना, व्यापारीहरुको भावना, वास्तविक उद्यमी, व्यवसायीहरुको भावना, शिक्षकहरुको भावना, प्राध्यापकहरुको भावना, अरु कर्मचारीहरुको भावना, सेना, प्रहरीको भावना, सबै भावना एउटै छ–नेकपा –एमाले विजयी हुनुपर्दछ । यो बिल्कुलै सही र सत्य कुरा हो ।

नेकपा एमाले विजयी हुनुपर्दछ । एमाले विजयी हुनका लागि एमाले विजयी हुनुपर्ने होइन । यस देशलाई ओरालो लाग्न नदिन, यस देशलाई अघि बढाउन, यो देशलाई माथि उठाउनका लागि नेकपा एमाले चाहिन्छ । नेकपा एमालेलाई सरकारमा पुगेर कसनै गज्जक्क पर्नका लागि होईन । दशैं आयो भनेर केटाकेटी नाचेजस्तो, ल्सारको बेला ल्होसार आयो भनेर नाचेजस्तो खुसी भएर नाच्नका लागि होइन । देश बनाउनका लागि नेकपा एमालेको सरकार चाहियो । नेपाल एउटा विविधतायुक्त समाज हो । ’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने दोहो¥याउनु भयो । देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उहाँको तर्क थियो । अध्यक्ष ओलीले आफूले जस्तो राज्यको नाममा सम्पूर्ण चल, अचल सम्पत्ति दान गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालाई चुनौति दिनु भयो ।

काँग्रेसका नेताले एउटा अवबारमा आफूलाई एक नम्बर भ्रष्टाचारी भनेको प्रसंग उल्लेख गर्दै उहाँले आफू र श्रीमतीको सबै चल, अचल सम्पत्ति आफूले राज्यको, संस्थाको नाममा दान गरेको भन्दै त्यसो गरेर देखाउन देउवा, दाहाल र नेपाललाई चुनौति दिनु भयो । ओलीले आफूले राज्यबाट कहिल्यै पनि ठगेर नखाएको र नखाने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘मैले मेरो सम्पूर्ण सम्पत्ति राज्यको नाममा, संस्थाको नाममा दिएको छु ।

एउटाले भनेछ–नेपालमा एक नम्बर भ्रष्टाचारी केपी ओली भनेर । मैले पार्लियामेन्टबाट बोलेको थिए नेपाली काँग्रेसका नेतहरु र अरु पार्टीका नेताहरुलाई भनेर मैले मेरो, मेरो श्रीमतिका नामको सम्पूर्ण सम्पत्ति राज्यका नाममा, संस्थाको नाममा गर्दिएको छु । मेरो शेखपछि सम्पूर्ण सम्पत्ति चल, अचल सम्पूर्ण सम्पत्ति, ब्यांक ब्यालेन्स होस कि, घर होस कि, घडेरी होस् कि, जमिन होस कि, गाडी होस् कि जे छ, मसँग त्यो सबै राज्यको नाममा हुुन्छ । संस्थाको हुन्छ ।

मेरो कसैले हकवाल भएर पनि खादैन । मैले कसैलाई जम्मा गरिदिनु छैन । त्यसरी मेरो हक लाग्नेजत्ति सम्पत्ति मैले राज्यलाई दान गरे भन्ने अर्को नेता निस्किए हुन्छ नि । त्यो निस्कने हिम्मत छैन । गर त दान ल । कुनै पार्टीको कुनै अध्यक्ष शेरबहादुर देउवाजीलाई म भन्छु– लत सम्पत्ति दान गर्नुस् । आँट छ ? प्रचण्डलाई भन्छु म–गर्नुस् त ? माधवकुमार नेपाललाई भन्छु । दशथरी फाईफूर्ति किन गर्ने ? सम्पूर्ण सम्पत्ति राज्यलाई ल । सिद्धियो नि त । अनि त्यो गर्न नसक्ने । अनि केपी ओली सबभन्दा बढि भ्रष्टाचारी । आफ्नो सम्पत्ति राज्यको नाममा दान गरेको छ । जोसँग केही छैन । तर राज्यलाई ठगेर लिइन्न । यति मैले भन्नु पर्छ ।’

ओलीले काँग्रेसले मुलुकमा २१ वर्ष सरकारको नेतृत्व गरेपनि एउटा काम देशका लागि नगरेको दावी समेत गर्नु भयो ।