काठमाडौं । नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । नेकपा एमाले बाट बाहिरिएर नयाँदल दर्ता नेकपा एकिकृत समाजबादी बनेको र २१ दिन भित्र दल परिबर्तन गर्न सकिने कानूनी प्राबधान रहेको समयमा एमालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई यस्तो निर्देशन दिएको हो ।
अध्यक्ष केपी ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै सरकारले जारी गरेको अध्यादेशमाको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेकोले पार्टीले कानुनी प्रतिवाद गर्ने समेत जानकारी गराउनु भएको छ ।
अध्यक्ष ओलीले जारी गर्नुभएको आब्हान पत्रमा भनिएको छ २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’