२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल विभाजनमा सहभागी नहुन एमालेको प्रदेश र स्थानीयतहका जनप्रतिनिधीलाई निर्देशन (पत्रसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । नेकपा एमाले बाट  बाहिरिएर नयाँदल दर्ता नेकपा एकिकृत समाजबादी बनेको र २१ दिन भित्र दल परिबर्तन गर्न सकिने कानूनी प्राबधान रहेको समयमा एमालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई यस्तो निर्देशन दिएको  हो ।

अध्यक्ष केपी ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै सरकारले जारी गरेको अध्यादेशमाको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेकोले पार्टीले  कानुनी प्रतिवाद गर्ने समेत जानकारी गराउनु भएको छ ।  

अध्यक्ष ओलीले जारी गर्नुभएको आब्हान पत्रमा भनिएको छ  २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’