• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा

मेयर साहको प्रश्नः न्यायका लागि एउटी आमाले जल्न तयार हुनुपर्ने किन ?



काठमाडौँ । काठमाडौ महानगरापालिका प्रमुख बालेन साहले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारत निहारिका राजपुतसँग भेटघाट गर्नुभएको छ ।

एक सातादेखि न्याय माग्दै आमरण अनशनमा बसेकी निहारिका राजपुतले शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गर्नुभएको थियो ।

शरीरमा पेट्रोल खन्याएर आत्मदहाको प्रयास गर्नुभएकी राजपुतलाई त्यहाबाट उद्धार गरी प्रहरीले उपचारका लागि शिक्षण अस्पतालमा लगेको थियो ।

निहारिकासँगको भेटपछि मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

थप समाचार

अनसन बसेकी कुमारी आमा निहारिका प्रहरी नियन्त्रणमा (फोटोफिचर)

पाँच बुँदे सहमतिपछि निहारिकाले अनशन तोडिन

राष्ट्रियसभामा अनशनरत निहारिकालाई न्याय दिलाउन माग

निहारिकालाई न्याय दिन सांसद थममाया थापाको माग