काठमाडौँ । काठमाडौ महानगरापालिका प्रमुख बालेन साहले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारत निहारिका राजपुतसँग भेटघाट गर्नुभएको छ ।
एक सातादेखि न्याय माग्दै आमरण अनशनमा बसेकी निहारिका राजपुतले शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गर्नुभएको थियो ।
शरीरमा पेट्रोल खन्याएर आत्मदहाको प्रयास गर्नुभएकी राजपुतलाई त्यहाबाट उद्धार गरी प्रहरीले उपचारका लागि शिक्षण अस्पतालमा लगेको थियो ।
निहारिकासँगको भेटपछि मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’
आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन । pic.twitter.com/AVkrFy5Sa6
— Balen Shah (@ShahBalen) August 13, 2022
थप समाचार
अनसन बसेकी कुमारी आमा निहारिका प्रहरी नियन्त्रणमा (फोटोफिचर)
पाँच बुँदे सहमतिपछि निहारिकाले अनशन तोडिन