२७ पुष २०८१, शनिबार
,
Latest
नेपाली सेनाले यसरी मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस- फोटो फिचर राससका कार्यकारी अध्यक्ष झा सम्मानित ‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्‍यो’ नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित महिला टी२०आई सिरिज हुने पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण भुक्तानी नदिँदा २ सय बढी काम समस्याग्रस्त भइसके, असारसम्म १५ सय बढी समस्यामा पर्छन्ः निर्माण… जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच बुँदे सहमतिपछि निहारिकाले अनशन तोडिन



फाईल फोटो
अ+ अ-

काठमाडौं । न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर गए राति निहारिकाले अनशन तोड्नुभएको हो । प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनशनकर्ता र उहाँको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको छ ।

सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिकालगायतले हस्ताक्षर गर्नुभएको छ । रासस