१४ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा अनशनरत निहारिकालाई न्याय दिलाउन माग



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले न्यायको माग गरी संघीय राजधानिमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले निहारिका र उहाँको बच्चाको संरक्षण गरी घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठककमा सांसद मृगेन्द्रसिंह यादवले मधेसी महिला नेहारिका राजपूत न्यायको खोजीमा भौतारिएको जनाउँदै उनीको माग सम्बोधन गर्न सरकारको ध्यान जावोस भन्नुभयो ।

सांसद बिमला घिमिरेले बलत्कार पीडित भनिएकी युवती नेहारिका न्यायका लागि आफ्ना बालक सहित राजधानीमा अनसर बस्दा पनि उनीको माग सुनुवाइ नहुनु दुःखद् भएको जनाउँदै सो घटनाका विषयमा छानबिन गर्न समिति गठन माग गर्नुभयो ।

सांसद तुलसाकुमारी दाहालले मानवीय सेवामा तल्लीन रेडक्रस सोसाइटीलाई सरकारले हस्तक्षेप गर्न नहुने बताउनुभयो । सांसद भगवती न्यौपानेले चितवनमा हात्तीले आतङ्क मच्चाएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मायाप्रसाद शर्माले रोपाईँ गर्ने समयमा किसानले किन रासायनिक मल पाएनन् भनी प्रश्नगर्नुभयो । सांसद सारदादेबी भट्टले वर्षा शुरु भएपछि वाढी पहिरोले धनजनको क्षति पु¥याउन शुरु भएकाले यसको न्यूनीकरणका लागि समयमै सरकारको ध्यान जाओस भन्नुभयो ।