• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओली र देउवालाई जोड्न विनोद चौधरी किन छन् सक्रिय ? ★   रोहितले पनि लिए सन्यास ★   ‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’ ★   आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   पदाधिकारीमा सय र केन्द्रीय सदस्यमा ८ सयको आकांक्षा ! ★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य

आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका



एजेन्सी । आईपीएल २०२४ मा आज डबल हेडर (एक दिनमा २ खेल)खेलिनेछ। आजको दोस्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच हुनेछ । गुवाहाटीस्थित बार्सपारा क्रिकेट रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

आज राजस्थानसँग दोस्रो स्थानमा रहिरहन मौका छ । टोली १६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । उता हैदराबाद पनि १५ अंकसहित तेस्रो स्थानमा छ । हैदराबादले दिउँसो ३:४५ बजे पञ्जाबसँग खेल्दैछ ।

हेड टु हेड

कोलकाता र राजस्थानबीच आईपीएलमा हालसम्म जम्मा २९ खेल खेलिएका छन् । जसमध्ये दुवै टोलीले १४–१४ खेल जितेका छन् भने एउटा खेल नतिजाविहीन रहेको छ । यी दुई टोली सिजनमा दोस्रो पटक भिड्दैछन् । पहिलो खेलमा राजस्थान २ विकेटले विजयी भएको थियो ।

पछिल्लो २ खेलमा राजस्थानको टोलीले १५० रनको अंक पार गर्न सकेको छैन । टोलीका स्टार ब्याट्सम्यान जोस बटलर राष्ट्रिय जिम्मेवारी पूरा गरी इंग्ल्याण्ड फर्किएका छन् । यो सँगै टोलीका शीर्ष तीन ब्याट्सम्यान यशस्वी जैसवाल, सञ्जु सैमसन र रायन परागले ब्याटिङ अर्डरको जिम्मेवारी सम्हाल्नेछन् ।

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीप शर्मा, ट्रेट बोल्ट र आवेश खानले लगातार राम्रो बलिङ गरेका छन् । योसँगै युजवेन्द्र चहलले १३ खेलमा १७ विकेट लिएर स्पिन विभागलाई सम्हालेका छन् ।

केकेआर १९ अंकसहित शीर्ष स्थानमा छ । टोली जितको गतिलाई निरन्तरता दिन चाहन्छ । इनफर्ममा रहेका ओपनिङ ब्याट्सम्यान फिल साल्ट इंग्ल्याण्ड फर्किएकाले आगामी खेलमा सहभागी हुने छैनन्। केकेआरका लागि सुनिल नारायण र साल्टको जोडीले १८२ भन्दा बढीको स्ट्राइक रेटमा सात अर्धशतक र एक शतकसहित ८९७ रन बनाएका छन्।

साल्टको स्थानमा अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुरबाज फर्किने सम्भावना छ । गुरबाजले २०२३ सिजनमा ११ खेल खेलेका थिए । तर उनले यो सिजन एक खेल पनि खेल्ने मौका पाएका छैनन् । ब्याटिङको जिम्मेवारी कप्तान श्रेयस अय्यर, रिंकु सिंह र आन्द्रे रसेलको अन्तिम जोडीमा हुनेछ।

बलिङमा वरुण चक्रवर्तीले उत्कृष्ट प्रदर्शन गर्दै १२ खेलमा १८ विकेट लिएका छन् ।

राजस्थान रोयल्सको सम्भावित प्लेइलेभन:

यशस्वी जैसवाल, टम कोहलर(क्याडमोर, सञ्जु सैमसन (कप्तान), रियान पराग, ध्रुव जुरेल, रोभमान पावेल, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा, आवेश खान र युजवेन्द्र चहल।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेइलेभन:

रहमानउल्लाह गुरबाज (विकेटकीपर), सुनील नारायण, वेंकटेश अय्यर, श्रेयस अय्यर (कप्तान), रिंकु सिंह, नितिश राना, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, हर्षित राना र वरुण चक्रवर्ती।