८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै

आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा आज डबल हेडर (एक दिनमा २ खेल) खेलिनेछ। आजको पहिलो खेल सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबीच हुनेछ । हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसोको ३:४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोली यो सिजन दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा हैदरावादले पञ्जाबलाई उसैको घरेलु मैदानमा २ रनले पराजित गरेको थियो ।

दिनको दोस्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच साँझ ७:४५ बजेदेखि बार्सपारा क्रिकेट स्टेडियम गुवाहाटीमा हुनेछ ।

आज हैदराबादको सिजनको अन्तिम लिग खेल हुनेछ । टोलीले १३ खेलमा ७ जित र ५ हार बेहोरेको छ । टोली अंक तालिकाको तेस्रो स्थानमा छ । हैदराबाद यसअघि नै प्लेअफमा पुगेको छ। यो सिजनमा पन्जाबको आज अन्तिम खेल हुनेछ । टोलीले प्लेअफमा स्थान गुमाईसकेको छ ।

हेड टु हेडमा हैदरावाद अगाडि 

आइपिएलमा हैदरावाद र पञ्जाबबीच कुल २२ खेल खेलिएका छन् । जसमा हैदरावादले १५ र पञ्जाबले ७ खेल जितेको छ ।

ट्राभिस हेडको नाममा सबैभन्दा धेरै रन

हैदरावादका तीन ब्याट्सम्यानले ३ सयभन्दा बढी रन बनाएका छन् । जसमा ट्राभिस हेड, हेनरिक क्लासेन र अभिषेक शर्मा पर्छन्। हेड ४ सय ४४ रन बनाएर टिमका सर्वाधिक रन स्कोरर हुन् । बलरमध्ये टी नटराजन र कप्तान प्याट कमिन्सले राम्रो प्रदर्शन गरिरहेका छन् । नटराजन १५ विकेट लिएका छन् ।

पञ्जाबका लागि शशांकको सर्वाधिक रन

पञ्जाबका शशांक सिंह, जोनी बेयरस्टो र प्रभसिमरन सिंह राम्रो लयमा छन् । टोलीका लागि शशांक सिंहले सर्वाधिक ३५२ रन बनाएका छन् । बलिङमा हर्षल पटेलले १३ खेलमा २२ विकेट लिएका छन् ।

पञ्जाबका साम करन र जोनी बेयरस्टो इंग्ल्याण्ड फर्किएका छन् । साम करनको स्थानमा जितेश शर्मालाई कप्तान बनाइएको छ ।