• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

थप ७८१ जनामा कोरोना संक्रमण, दुईको निधन



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

२ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् भने यसको संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ ।