२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकको खाल्डाखुल्टी नपुरिँदा दैनिक दुर्घटना (फोटोसहित)



अ+ अ-

मोरङ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्टीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ ।

मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्टी नपुर्दा सवारी र यात्रुहरुले सास्ती व्यहोर्दै आउनुपरेको हो । ७ महिना अघिदेखि यस्तो समस्या हुँदासम्म सम्बन्धीत निकायले चासो नदेखाएको स्थानीयहरुको गुनासो छ । बाटोका खाल्डाखुल्टीका कारण यात्रुहरु दैनिक दुर्घटनामा पर्ने गरेका छन् ।

उक्त खाल्डाखुल्टी दुर्घटनाबाट यातायातहरुमा ठूलो क्षति भएको स्थानीयहरु बताउँछन् । यही बाटो दैनिक हिँड्ने चालकहरु यस क्षेत्रमा डरमा सवारी गुडाउनुपरेको बताउँछन् । उनीहरुले विगत ५ महिना यता सडकको स्थिति दयनीय रहेको बताए । उनीहरुले बाटो मर्मत हुननस्क्दा कुनैपनि बेला दुर्घटना हुने बताए । स्थानीय सरकारले लापरबाही गरेर मर्मतसम्हार नगर्दा सडक दुर्घटनाबाट हरेक दिनजसो दुर्घटना हुने गरेको बताए । उनीहरुले सडक निर्माण गरेको ६ महिना नबित्दै खाल्डाखुल्टी हुने समस्या रहेको बताउनु भयो ।

उक्त बाटो हुँदै दैनिक प्रदेश सरकारका संसद, मन्त्री र मुख्यमन्त्री हिँड्ने गरेपनि आवश्यक चासो नदिएको स्थानीयहरु बताउँछन् । बाटो भत्किएकै क्षेत्र उर्लाबारी ३ मंगलबारेमा सडक विभागको कार्यलय छ । तर सडको अवस्था न सांसदले देख्छन् न त सडक विभागले नै हेर्छ । कार्यलय परिसरमा सडक आसपास राखिने ठूलठूला बोर्ड र कार्यलयको अवस्था भने झारै झारले भरिएको र माकुराको जलै जालोले भरिएको छ । कार्यलय नामको मात्रै रहेको स्थानीय बताउँछन् ।

देशकै मुख्य बाटोको हालत यस्तो हुँदासम्म कुनै पक्षबाट चासो दिएको देखिँदैन । दैनिक हजारौंको संख्यामा गाडी गुड्ने बाटोको यो अवस्थाले स्थानीयहरु हरेक दिनजसो सडक दुर्घटनामा हुने गरेको बताउँछन् । यही बाटो भएर धेरै यातायात जिल्लाको सदरमुकाम विराटनगर र देशको संघीय राजधानी काठमाडौ जाने गरेका छन् । यही बाटोमा ठाउँठाउँमा पटके कर र ट्राफिक चेकिङ हुन्छ । तर बाटोले भने मर्मतसम्म पाएको छैन । महिनौंदेखि साना सवारी फस्ने खाल्डाखुल्टी हुँदासम्म तीनै तहका सरकार मौन छन् ।