काठमाडौं । विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेलमार्फत मिश्रले बिहीबार बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । उनले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै एकपक्षीय रुपमा बैठक बोलाएका हुन् ।
यता अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक पाण्डेले भने आपत्ति जनाएका छन् ।
पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने उल्लेख गरेपनि अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग समेत गरेका छन् ।