२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकार कम्युनिष्टको नाममा बदनामः झलनाथ खनाल



अ+ अ-

काठमाडौं । एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार कम्युनिष्टका नाममा बदनाम सरकार भएको बताएका छन्। 

झन्डै साढे २ महिनापछि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर स्वदेश फिर्ता भएका खनालले सोमबार त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा 
यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले भने,‘केपी ओलीको सरकार निरंकुश थियो, त्यो ढल्नु भनेको निरंकुश सरकार ढल्नु हो, कम्युनिष्ट सरकारका नाममा त्यो बदनाम थियो।’

यो पनिः स्वदेश फर्किएलगत्तै झलनाथले भने, 'सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु'