२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्न प्रचण्डलाई बाबुरामको प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोर्चा बनाएर एउटै चिह्नमा लड्न प्रस्ताव गरेका छन् ।

भट्टराईल बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर सो प्रस्ताव गरेका हुन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल चलाइरहेको छ । जसपाबाट भट्टराई अलग भइसकेका छन् र उनले नेसपा पार्टी गठन गरेका छन् ।

नेसपाका अध्यक्ष भट्टराईसहितका नेताहरुले वाम समाजवादी मोर्चामा सहभागी हुन तयार देखिएको छ । अध्यक्ष भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टीलाई गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए ।