१८ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री केसीद्वारा ‘सगुन स्मृति पार्क’को उद्घाटन



अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सगुनलाल चौधरीको स्मृतिमा निर्माण गरिएको ‘सगुन स्मृति पार्क’ को उद्घाटन गर्नुभएको छ । उहाँले बर्दियाको बारबर्दिया नगरपालिका–१० मा निर्माण गरिएको चौधरी सालिकसहित सो पार्कको आज उद्घाटन गर्नुभएको हो । 

त्यसैगरी मुख्यमन्त्री केसीले बारबर्दिया–११ बेलभारमा निर्माण गरिएको बालसंरक्षण केन्द्रको आवासीय भवनको आजै उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले जनयुद्धमा बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा नेपालमै पहिलो बेपत्ता स्मृति पार्क निर्माण भएको बताउनुभयो । 

चालु आर्थिक वर्षमा मुख्यमन्त्री ग्रामीण कार्यक्रममार्फत शहीद बेपत्ताका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिँदै मुख्यमन्त्री केसीले सगुनलाल चौधरीको सम्झनामा गोचाली घरबास (होमस्टे) सञ्चालन गर्न स्थानीयवासीलाई अनुरोध गर्नुभयो । उहाँले बेपत्ताहरूको परिवार तथा बालबालिकालाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।