२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री केसीद्वारा ‘सगुन स्मृति पार्क’को उद्घाटन



अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सगुनलाल चौधरीको स्मृतिमा निर्माण गरिएको ‘सगुन स्मृति पार्क’ को उद्घाटन गर्नुभएको छ । उहाँले बर्दियाको बारबर्दिया नगरपालिका–१० मा निर्माण गरिएको चौधरी सालिकसहित सो पार्कको आज उद्घाटन गर्नुभएको हो । 

त्यसैगरी मुख्यमन्त्री केसीले बारबर्दिया–११ बेलभारमा निर्माण गरिएको बालसंरक्षण केन्द्रको आवासीय भवनको आजै उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले जनयुद्धमा बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा नेपालमै पहिलो बेपत्ता स्मृति पार्क निर्माण भएको बताउनुभयो । 

चालु आर्थिक वर्षमा मुख्यमन्त्री ग्रामीण कार्यक्रममार्फत शहीद बेपत्ताका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिँदै मुख्यमन्त्री केसीले सगुनलाल चौधरीको सम्झनामा गोचाली घरबास (होमस्टे) सञ्चालन गर्न स्थानीयवासीलाई अनुरोध गर्नुभयो । उहाँले बेपत्ताहरूको परिवार तथा बालबालिकालाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।