• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

महामन्त्री गगन थापाको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अध्यक्षतामा बुधबार कांग्रेस पदाधिकारीको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि महामन्त्री थापाको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो ।

बैठकमा पार्टी सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित हुनुहुन्छ । महामन्त्री बनेपछि पहिलोपटक थापाले पदाधिकारी बैठकको अध्यक्षता गर्नुभएको हो ।

कार्यव्यस्तताका कारणले सभापति देउवा बैठकमा उपस्थित हुन नसक्नुभएको बताइएको छ । त्यस्तै उपसभापति खड्का कोरोना संक्रमणका कारण आइसोलेसनमा हुनुहुन्छ भने अर्का उपसभापति गुरुङ अहिले अष्ट्रेलिया भ्रमणमा हुनुहुन्छ ।

आजको बैठक स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि यही साउन ३० र ३१ गते गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि भएको बताइएको छ ।