६ आश्विन २०८१, आईतवार
,
Latest
रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरिष्ठ छायाँकार पाण्डेको निधन



अ+ अ-

काठमाडौँ । फिल्म छायाँकार विदुर पाण्डेको आज निधन भएको छ । हृदयघातका कारण ५५ वर्षीय उहाँको आज बिहान शहीद गंगाालाल अस्पतालमा निधन भएको हो ।

घरमा असहज महसुस गरेपछि पाण्डेलाई अस्पताल लगिएको थियो । चलचित्र प्राविधिक संघका अनुसार उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि केही समय पशुपति आर्यघाटमा राखिएको थियो । त्यहाँ उहाँलाई अन्तिम श्रद्धान्जलि दिन फिल्मकर्मी र आफन्त उपस्थितभएका थिए । उहाँको आजै अन्तिम सस्कार गरिएको छ ।

पाण्डेले नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ का छायाँकन गर्नुभएको थियो । सयौँ म्युजिक भिडियोसमेत छायाँकन गर्नुभएका पाण्डेले स्वर र भुइँमान्छेमा छायाँकारको रुपमा काम गर्नुभएको थियो ।

हाम्रो टिम, क्वीज मेनिया, फूलको थुँगा, हिमालय फेसन एड्भेन्चरजस्ता टीभी कार्यक्रम र छोटा फिल्ममा उहाँले काम गरिसक्नु भएको छ ।