• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

बालाजुको जुत्ता कारखानामा आगलागी



फाईल फोटो

काठमाडौँ । काठमाडौँ बालाजु बाइपासस्थित वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको छ । आज करिब ११ः४५ मा सो कारखानामा आगलागी भएको बताइएको छ । प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागी कसरी भयो भन्नेबारे केही खुल्न सकेको छैन । आगो निभाउन अहिले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाबाट दमकल पुगेका छन् । थप विवरण आउन बाँकी छ ।