२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठक बस्दै, चुनावी रणनीति तय गर्दै



अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विभिन्न पार्टी कमिटीको बैठक बोलाउने भएको छ ।

एमालेले आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक सकेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्न केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने भएको हो ।

सबैभन्दा पहिला केन्द्रीय कार्यालयको बैठक बस्ने र सो बैठकले सचिवालय बैठक बोलाउने बताइएको छ । सचिवालय बैठकले स्थायी कमिटी, स्थायी कमिटीले पोलिटब्यूरो कमिटी र पोलिटब्यूरो कमिटीले केन्द्रीय कमिटीको बैठक बोलाउने छ ।

ती बैठकबाट आसन्न निर्वाचनलाई केन्द्रविन्दु बनाएर कार्यक्रम र कार्ययोजना बनाइने बताइएको छ । आज बुधबार सम्भवतः केन्द्रीय कार्यालयको बैठक बस्ने र बिहीबार सचिवालयको बैठक बस्नेछ ।