• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

समानुपातिक प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरिएको सांसद पौडेलको आरोप



काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरिएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद पौडेलले प्रत्यक्ष निर्वाचित सदस्यलाई जति अधिकार छ, त्यो पूर्ण अधिकार समानुपातिक सदस्यलाई पनि छ भन्ने कुरा ऐन बनाएर जान जरुरी रहेको बताउनु भयो । उहाँले निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फको लागि महिलाको हकमा सम्बन्धित कोटा छुट्याउन पनि माग गर्नुभयो । उहाँले महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा छुट्याएर जानुपर्ने र त्यसको कति संख्या छुट्याउने भन्ने कुरामा छलफल हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिलालाई हेर्ने दृष्टिकोण हरेक पार्टीहरुमा दोस्रो दर्जाकै हो भन्ने जुन दृष्टिकोण छ, त्यो भन्दा माथि अहिलेसम्म हेर्दा पार्टीहरुमा त्यो चेत र त्यो प्रकारको सोच अहिले पनि रहेको पाइन्छ । त्यसैले निर्वाचन प्रणाली त प्रणाली हो, तर त्यसमा पनि विभेद गरियो नि । हामीले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली त प्रणाली त्यो मिश्रित प्रणालीलाई अपनाइ सकेपछि त्यसबाट विजयी बनेको सदस्यको त पूर्ण हक बराबर हुनुपर्ने हो । तर हामीले विभेद गरियो । त्यस्तो विभेदलाई हटाउनको लागि हामीले मिश्रित प्रणाली अपनाएपछि कानून नै बनाएर जानुपर्छ ।

प्रत्यक्ष निर्वाचित सदस्यलाई जति अधिकार छ, त्यो पूर्ण अधिकार समानुपातिक सदस्यलाई पनि छ भन्ने कुरा हामीले ऐन बनाएर जानुपर्छ । त्यसमा विभेद गर्न पाइँदैन । निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फको लागि महिलाको हकमा सम्बन्धित कोटा छुट्याइयोस् । त्यो निर्वाचित क्षेत्र आरक्षित गरियोस् । कति संख्या छुट्याउने भन्नेबारेमा छलफल गरौँ । महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा हुनुपर्छ ।’

सांसद पौडेलले हरेक राजनीतिक पार्टीमा महिलालाई हेर्ने संकुचित दृष्टिकोण रहेको भन्दै सोच र व्यवहार परिवर्तन गरेर महिला पनि नेतृत्व लिनका लागि सक्षम छन् भन्ने कुरामा विश्वस्त हुन आवश्यक रहेको बताउनु भयो ।