२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय सेतुपती बने सबैभन्दा महँगा भिलेन



अ+ अ-

एजेन्सी । साउथ अभिनेता विजय सेतुपति अहिले पान इन्डिया स्टार बनेका छन् । उनको भर्सटायल अभिनयका कारण उनले निकै फ्यानहरू बनाएका छन् । त्यसैले जब पनि विजय सेतुपतिको नाम फिल्मसँग जोडिन्छ, फ्यानहरू निकै उत्साहित हुन्छन् । आजकल विजय सेतुपतिसँग धेरै ठूला प्रोजेक्टहरू छन् जसमा उनी खलनायकको भूमिकामा देखिनेछन् ।

यो लिस्टमा शाहरुख खानको ‘जवान’ र अल्लु अर्जुनको ‘पुष्पा २’ जस्ता फिल्महरू समावेश छन् । तर के तपाईलाई थाहा छ विजय सेतुपति सबैभन्दा महँगो खलनायक पनि बनेका छन् । उनले आफ्ना केही फिल्मबाटै सय करोडभन्दा बढी कमाउने भएका छन् ।

एक रिपोर्टका अनुसार शाहरुख खानको फिल्म जवानमा खलनायकको भूमिकामा विजय सेतुपतिलाई साइन गरिएको छ । एट्लीको निर्देशनमा बनेको यस फिल्मका लागि विजय सेतुपतिले ३० करोड भारु पारिश्रमिक लिएका छन्, जुन ठूलो रकम हो । यस्तै विजय सेतुपति अल्लु अर्जुनको ‘पुष्पा २’ को लागि करिब २५ करोड भारु लिएका छन् । यस फिल्ममा विजय सेतुपति र अल्लु अर्जुनको भिडन्त हुनेछ । यो फिल्मलाई सुकुमारले निर्देशन गर्दैछन् ।

विजय सेतुपति साउथ सुपरस्टार नन्दमुरी बाला कृष्णको आगामी फिल्म ‘वीजेएस’ मा पनि महत्वपूर्ण भूमिका निभाउने छन् र यस भूमिकाका लागि पनि अभिनेताले मोटो रकम लिएका छन् । एक रिपोर्टका अनुसार यस फिल्मको लागि विजयको पारिश्रमिक २५ करोड भारु तय भएको छ । ‘जवान’, ‘पुष्पा २’ र ‘भिजेएस’को पारिश्रमिक जोड्ने हो भने, विजय सेतुपतिले यी तीन फिल्मबाट मात्रै ८० करोड कमाइसकेका छन् ।

यी तीन फिल्मबाहेक विजय सेतुपति हिन्दी फिल्म ‘मेरी क्रिसमस’ र ‘गान्धी वार्ता’मा कट्रिना कैफसँग देखिनेछन् ।