एजेन्सी । भारतको राजस्थानस्थित नागौरमा मंगलबार विहान भएको सडक दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
भारतीय सञ्चामाध्यमका अनुसार नोखा बाइपासमा एक द्रुत गतीमा आएको जीप र ट्रेलर एकापसमा ठोक्किएर दुर्घटना भएको हो । सबै मृतकहरु मध्यप्रदेशका उज्जैन जिल्लाका सज्जन खेडा र दौलतपुर गाउँका रहेको बताइएको छ ।
१२ सिट क्षमता रहेको जीपमा १८ जना सवार थिए । ती सबै रामदेवरामा दर्शनपछि देशनोक करणी माताको दर्शन गरेर मध्यप्रदेश जाँदै थिए । त्यसक्रममा नागौरबाट नोखातर्फ जाँदै गरेको ट्रेलरले ठक्कर दिएको थियो ।
उक्त भयानक सडक दुर्घटनामा घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो भने ३ जनाले अस्पतालमा ज्यान गुमाएका थिए ।