२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको राजस्थानमा सडक दुर्घटना, १२ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको राजस्थानस्थित नागौरमा मंगलबार विहान भएको सडक दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

भारतीय सञ्चामाध्यमका अनुसार नोखा बाइपासमा एक द्रुत गतीमा आएको जीप र ट्रेलर एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।  सबै मृतकहरु मध्यप्रदेशका उज्जैन जिल्लाका सज्जन खेडा र दौलतपुर गाउँका रहेको बताइएको छ । 

१२ सिट क्षमता रहेको जीपमा १८ जना सवार थिए । ती सबै रामदेवरामा दर्शनपछि देशनोक करणी माताको दर्शन गरेर मध्यप्रदेश जाँदै थिए । त्यसक्रममा नागौरबाट नोखातर्फ जाँदै गरेको ट्रेलरले ठक्कर दिएको थियो । 

उक्त भयानक सडक दुर्घटनामा घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो भने ३ जनाले अस्पतालमा ज्यान गुमाएका थिए ।