७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीलाई नायब सुब्बाको एसएमएस: न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ न कार्यालय जान



अ+ अ-

काठमाडौँ । असमान ढंगले तलबमान निर्धारण गरिएको विरोधमा असन्तुष्ट नायब सुब्बाहरुले अर्थमन्त्री जनार्दन शर्मालाई एसएमएस पठाएका छन् । उनीहरुले आफूहरु हेपिएको भन्दै कर्मचारी पोशाक लगाउन र कार्यालय जान नमानेको एसएमएसमा बताएका छन् । तलब बढाउँदा सबै तहको समान हुने गरि मात्रै बढाउन उनीहरुको माग छ ।

उनीहरुले पठाएको एसएमएसमा लेखिएको छ, “मन्त्रीज्यू नमस्कार, म एकजना हेपिएको नासु परेँ, नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ न कार्यालय जान । निजामती सेवा ऐनमा झन नासुको पदपूर्तिमा गर्न लागेको व्यवस्थाले साह्रै चिन्तित तुल्याएको छ । त्यसकारण हजुर हामीमाथि भइरहेको विभेदको मनन गरी हाम्रा मागप्रति ध्यान आकर्षण गरिदिनुहुन विनम्र अनुरोध छ ।”

नासुहरुले संघीय निजामती सेवा ऐनको मस्यौदामा अधिकृत पदको पदपूर्तिका लागि विभेदपूर्ण व्यवस्था राखिएको भन्दै त्यसलाई सच्याउनका लागि पहल गरिदिन पनि अर्थमन्त्री शर्मासँग माग गरेका छन् ।

अधिकृत पदमा खुल्लाबाट ५० प्रतिशत, बढुवाबाट ३० प्रतिशत र आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत पदपूर्तिको व्यवस्था संघीय निजामती सेवा ऐनमा राख्नका लागि पहल गरिदिनसमेत उनीहरुले अनुरोध गरेका छन् । हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन, २०४९ मा अधिकृत पदमा पदपूर्ति गर्दा खुलाबाट ७० र बढुवाबाट ३० प्रतिशत गर्ने व्यवस्था छ । त्यसमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था राखिएको छैन ।

अहिले बनाइएको संघीय निजामती सेवा ऐनको मस्यौदामा पनि अधिकृत पदमा आन्तरिक प्रतिस्पर्धा राखिएको छैन । यो मस्यौदामा नासुभन्दा माथिल्लो अधिकृत पदमा पदपूर्ति गर्दा खुल्लाबाट ९० र बढुवाबाट १० प्रतिशत गर्ने व्यवस्था छ ।

संघीय निजामती सेवा ऐनको मस्यौदामा अधिकृत पदको पदपूर्तिका लागि विभेदपूर्ण व्यवस्था राखिएको उनीहरुले बताएका छन् । त्यसलाई सच्याउनका लागि पहल गरिदिन पनि उनीहरुले अर्थमन्त्रीसँग माग गरेका छन् । खरिदारहरु र अधिकृतहरुका लागि माथिल्लो पदमा प्रतिस्पर्धा गर्दा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था राखिएको तर आफूहरुका लागि नराखिएको उनीहरुको गुनासो छ ।

तलब र पदपुर्तिमा विभेद गरिएको भन्दै नासुहरुले सोमबार सिंहदरबारभित्र ‘पेन डाउन’ गरेका थिए । आज उनीहरुले मुख्य सचिव, अर्थमन्त्री, सामान्य प्रशासन मन्त्री र अर्थ मन्त्रालयका सचिवलाई एसएमएस पठाएर दबाब दिएका छन् ।