९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई मन्त्री राईको चेतावनी

नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई मन्त्री राईको चेतावनी
अ अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिनुभएको छ ।। सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिनुभएको हो ।

उहाँले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भई रहेकाले बिस्तारै ठिक लगाउने बताउनु भयो । मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताउनु भयो । उहाँले सरकारकाले कुनैपनि नेताको नजिकको ठेकदार भएपनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताउनु भयो । उहाँले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताउनु भयो । मन्त्री राईले मन्त्रीपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘गल्ती गर्ने ठेकेदारहरुलाई छोड्ने कुरा आउँदैन । सरकार कुनैपनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्तयाउनेलाई छोड्दैनौँ । तर विकास निर्माणमा ठेकदारहरुको बेथिति छ । को कसको को कसको भन्ने ठेकेदारहरुले विभिन्न नेताहरुको खोल ओडेर ठेकेदारहरुले बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौं । बिस्तारै ठिक पार्छौं । तपाईहरु ढुक्क हुनुस् ठिक पार्छौं । अब वैकल्पिक साहयक राजमार्ग मन्त्रीपरिषद्ले निर्णय गरेको छ । यसमा पनि बेथिति छ । गल्लीको बाटो पनि वैकल्पिक सहायक राजमार्ग छ । तर सहायक राजमार्ग पनि छन् । तत्कालका लागि जे भएपनि हामी कार्यान्वयन गर्छौं । भोसलको दिनमा सहायक राजमार्गको कम्तिमा मापदण्ड बनाएर कार्यान्वयन योजना हाल्ने प्रतिवद्धता जनाउँछौं ।’

मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताउनु भयो । उहाँले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भई रहेको दाबी गर्नुभयो । मन्त्री राईले कही कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाईका साथ कार्यान्वयन गर्न तयार रहेको बताउनु भयो । उहाँले वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर लागू गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरको कुरा उठ्यो । सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति चाँही छैन । लागू हुने/नहुने कुरामा कतै गुनासो आयो भने कडाईका साथ लगाउँछौं । मन्त्री भएर आउँदा सार्वजनिक भाडादर बढेर पनि घटेको थियो । बढाउन भन्यो भने लागू कहिलेदेखि गरेको हो । सात दिनपछि लागू गरेर सात दिनपछि मैले भाडादर स्वीकृत गरेको हो । त्यो नै निरन्तर होस् भनेर यातायात व्यवस्था विभागका महानिर्देशकले भनेर मैले रोकेको हो । अहिले देखि लागू गरौं भने यो स्वचालित प्रणाली हो । यसमा सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर गरिएको विषय हो ।’

त्यस्तै नेकपा एमालेकी सांसद विद्या भट्टराईले विकास निर्माणमा तहगत समन्वयको अभाव रहेको बताउनु भयो । उहाँले तीनै तहमा आफ्नो क्षेत्राधिकार छैन भनेर पन्छिन संघीयताले सजिलो भएको बताउनु भयो । भट्टराईले संघीयताले जिम्मेवार बनाउनुपर्ने तर गैरजिम्मेवार बन्नको लागि संघीयताले ठाउँ दिएको बताउनु भयो । उहाँले सार्वजानिक सवारी साधनको भाडादर स्वचालित नभएर स्वछन्द भएको टिप्पणी गर्नुभयो । त्यस्तै नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले संघीयता आएसँगै स्थानीय सरकारहरुले डोजर आतंक मच्चाएको कारण सडकमा ठूलो समस्या भोगेको बताउनु भयो । बैठकमा अधिकांश सांसदहरुले विकास निर्माणको काममा तीनै तहले समन्वय गरेर काम नभएको बताउनु भएको थियो ।