२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाधिक उचाईको गल्फ कोर्समा प्रतियोगिता हुने



अ+ अ-

काठमाडौं । विश्वको सबै भन्दा उचाईमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता ‘टप अफ दि वल्र्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्समा भदौ ११ गते प्रतियोगिता आयोजना हुन लागेको हो । उच्च स्थानको गल्फ कोर्स भएपनि पहिचान पाउन भने बाँकी छ ।

लोमान्थाङ युवा क्लव र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा मुस्ताङ गल्फ कोर्षमा ‘टप अफ दि वल्र्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा काठमाडौं र पोखराबाट गरी २४ पुरुष र ४ महिला खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता तीन बाई चार स्टेवलफोर्ड फम्र्याटमा कुल ९ होलमा खेलाइनेछ । विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्स भारतको सिक्किममा रहेको छ ।

लोमान्थाङमा प्रतियोगिता आयोजना भएको अवस्थामा नेपालको कोर्सले नयाँ पहिचान पाउनेछ । पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताबाट गल्फ कोर्सको गुणस्तर पहिचान गर्ने र आवश्यकता अनुसार परिमार्जन गर्दै लगिने आयोजक लोमान्थाङ क्लवले बताएको छ । गल्फकार्स गण्डकी प्रदेशसभा सांसद इन्द्रधारा विष्टको सक्रियतामा निर्माण गरिएको हो । सांसद विकास कोर्षको १० लाख, लोमान्थाङ गाउँपालिका र मुस्ताङका सांसद विष्टको लगानीमा कोर्षको निर्माण भएको हो ।

भविष्यमा नेपालको खेल पर्यटनका लागि सहयोग पुर्याउने उदेश्यका साथ गल्फ कोर्सको निर्माण गरिएको र हाई अल्टिच्युडमा खेलाडीलाई अभ्यस्त बनाउने लक्ष्य रहेको बताउनु भयो । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले अग्लो स्थानको गल्फ कोर्सको पहिचानका लागि सरकार र विश्व गल्फ महासंघमा पहल गर्ने बताउँदै अग्लो स्थानको गल्फकोर्सले गल्फको विकासमा सहयोग पुर्याउने बताउनु भयो ।