११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

एमाले बागमतीको १९ औं बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

एमाले बागमतीको १९ औं बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी पदाधिकारीको १९ औं बैठक विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । सोमबार प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा ललितपुर च्यासलमा बसेको बैठकले प्रदेश तहका विभिन्न विभागहरुमा विधान बमोजिम आवश्यक संख्याको सदस्यहरु मनोनीत गरि विभागलाई पुर्णता दिइएको प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सल्लाहकार परिषद निर्माणको लागि ३ दिन भित्र प्रदेश अन्तर्गतका सबै जिल्लाहरुलाई सल्लाहकार परिषदमा समेट्नु पर्ने सदस्यहरुको नामावली माग गर्ने, प्रदेश लेखा समिति निर्माण गर्ने, बाग्मती प्रदेश जनसंगठनहरुको वैचारिक ,राजनीतिक तथा संगठनात्मक कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश जनसंगठन समन्वय सम्यन्त्रको तत्काल बैठक बसि आवश्यक योजना तर्जुमा तथा परिचालनको खाका निर्माण गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै, बैठकले गठबन्धन सरकारको प्रत्येक्ष संलग्नतामा महङ्गी, भ्रष्टाचार , कमिसनतन्त्र, र माफियाकरणको विरुद्ध सम्पुर्ण जिल्ला र पालिका तहसम्म दबाब ,खबरदारी सहितको आन्दोलन गर्ने, ‘बुद्धिजीवीहरुको आँखामा नेकपा एमाले’ विषयमा समाजमा विभिन्न क्षेत्रका बुद्धिजीवीको सहभागितामा नेकपा एमालेप्रति उहाँहरुको आलोचना, सुझाव र टिप्पणी के कस्तो रहेको छ सोको संकलनका लागी आगामी भाद्र १० गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

बर्तौलाका अनुसार नेपालको कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्नुहुने अग्रणी ब्यक्तित्वहरुको खोजी तथा पहिचान गरि उहाँहरुको सम्मानका लागी जिल्ला स्तरमा ‘अग्रज सम्मान कार्यक्रम’ आयोजना गर्ने, प्रदेश कमिटीमा रिक्त रहेको स्थानमा तथा एकता प्रक्रियाबाट पार्टीमा प्रवेश गर्नुभएका १० जना नेतालाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिने निर्णय पनि गरिएको छ ।

उक्त जिम्मेवारी प्राप्त गर्नुहुने नेताहरु श्रीधर पोखरेल,सुमित्रा राजबम्सी,अच्युत श्रेष्ठ ,खेम भट्ट, गोपाल जि गुप्ता, मनरत्न शाक्य ,सीता ढकाल , भुवन केसी, देबेन्द्र खत्री ,सुरेश राना रहनुभएको छ । बैठकको प्रमुख अतिथि प्रदेश इन्चार्ज काशीनाथ अधिकारी रहनुभएको थियो भने प्रदेश सह–इन्चार्जद्वय कृष्ण गोपाल श्रेष्ठ, शेर बहादुर तामाङ र नेता आनन्द पोखरेलको उपस्थिती रहेको थियो ।