११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

‘खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाइयोस्’

‘खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाइयोस्’
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

उहाँले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो । सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले भन्नु भयो, ‘हामीसँग युवा तथा खेलकुद मन्त्रालय छ । राष्ट्रिय खेलकुद परिषद छ । नीति, कार्यक्रमहरु पनि बनेका छन ।

यही आर्थिक वर्षको बजेटले खेलकुद विकासको २० वर्षे गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने कुरा पनि गरेको छ । एक स्थानीय तहमा एक खेल ग्रामको कुरा पनि आउन थालेको छ । तथापि युवा तथा खेलकुद मन्त्रालयको २ अर्व ४६ करोडको बजेट अत्यन्तै थोरै हो भन्ने मलाई लाग्छ । मैले यहाँ बजेटको कुरा गरेको होइन, केवल हाम्रो सरकारले जनसंख्याको सबैभन्दा हिँस्सा ओगटने युवा र तिनको विकासमा खेलकुदको भूमिकालाई कति महत्व दियो भनेर उदाहरणको रुपमा बजेटको कुरा गरेकी हुँ । विज्ञान र प्रविधिले आश्चर्यजनक ढंगले विकास गरिरहेको छ । कम्प्युटर, इन्टरनेट तथा मोबाइलको प्रयोग बढिरहेको छ । यी साधनहरु युवा अत्यन्तै नजिकका साथी बनिरहेका छन । तर यी साधनहरुको प्रयोगले हाम्रो देशका युवाहरुको हिस्सा बर्बाद पनि हुँदै गइरहेको छ ।

यसबाट मुक्त गर्न युवाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गर्ने नीति हुनुपर्दछ । युवाहरुको व्यक्तित्व विकासमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । खेलकुदले हाम्रो शरिरलाई स्वस्थ राख्न मद्दत पु¥याउँदछ । मानसिक तनावबाट मुक्ति दिलाउँछ । खेलकुदले एकअर्कासँग मिलेर काम गर्ने बानीको विकास गराउँछ । राष्ट्रप्रतिको प्रेमलाई प्रगाढ बनाउँछ । अझ अन्तराष्ट्रिय स्तरमा हुने खेलकुदको सहभागिताले राष्ट्रको मान, सम्मान र इज्जत बढाउँछ । हामी देखिरहेका छौं । जुन देश विकसित छन, ती देशहरु खेलकुदमा पनि धेरै अघि छन र, समृद्ध पनि छ । त्यसैले खेलकुद राष्ट्रका समृद्धि र विकासका लागि परिचायक पनि हो ।

खेलकुदको माध्यामबाट पनि पर्यटक भित्रयाएर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । खेलकुद युवाहरुको मात्र विषय होईन । बालबालिकादेखि युवा, वृद्ध सबै उमेरका मानिस आफ्नो उमेर । अवस्था अनुसार खेलकुदमा सहभागी हुन्छन । यस अर्थमा खेलकुदप्रतिको आकर्षण बढाउन पर्दछ । खेल मैदानहरु र खेलका साधनहरु व्यापक बनाउनु पर्दछ । खेलाडीहरुको सम्मान गरी उनीहरुको हौसला बढाउनु पर्दछ । सबै उमेर र समुहको आधारमा विभिन्न स्तरमा खेलकुदको प्रतियोगिताको आयोजना गरिनु पर्दछ । खेलाडीहरुलाईं पेन्सन दिने व्यवस्था गर्न म सरकारको गम्भिर ध्यानकर्षण गर्दछु ।’

सांसद गुरुङले युवाहरुलाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यक्ता भएपनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको गुनासो समेत गर्नु भयो ।