११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको झाँक्रीको दाबी

आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको झाँक्रीको दाबी
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनावद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा शहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्यनको विषयमा योजना बनाएर काम गरेको बताउनु भयो । झाँक्रीले शहरी विकासमन्त्री हुँदा विकास निर्माण सम्बन्धी महत्वपूर्ण नीतिहरु परिर्माजन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको बताउनु भयो । उहाँले अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने बताउनु भयो । झाँक्रीले नीतिगत तहमा अनियमिता रोक्नको लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ साना आयोजना समयमा नै नसकिनुको कारण उपाभोक्ता समितिबाट गरिने काम गुणस्तरहीन र असारको मसान्तमा आएर काम सक्नु हो । मैले पटक पटक भनेको छु । उपभोक्ता समितिको काम गुणस्तरहीन भएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट काम नगरौं भनेर त्यो काम रोक्यौं । त्यसपछि सार्वजनिक खरिद प्रक्रियामा जानुप¥यो । त्यस्ता स्वीकृत सबै काम खरिद प्रक्रियामा लैजनाको लागि मंसिरको ३ गतेदेखि ७ गतेसम्म मन्त्रालय स्तरको बैठक समेत बस्यौं । आयोजना तयारीको लागि आयोजनाको सम्भाव्यता,आयोजनाले पार्ने प्रभाव समेत विश्लेषण गर्नुपर्छ । अन्य विकासे मन्त्रालयको भन्दा राम्रो प्रगति गरेँ । त्यसको पछि शहरी मन्त्रालयले योजनामा काम गरेको थियो । धेरै विकास निर्माणको काम गर्न रहेका धेरै हड्लसहरुलाई किनारा गरेका थियौं । अनियमिता रोक्ने प्रयास गरेँ,यस्ता झन्डै दुई दर्जन समिति बनाएको रहेछु । दुई दर्जन प्रतिवेदन नै छन् । प्रतिवेदनमा प्रमुख प्राथमिकताका विषयहरुकै प्रतिवेदन आएका छन् । त्यसरी नै विकास नीतिहरुलाई परिर्वतन गर्न धेरै काम गरेका थियौं ।

’उहाँले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताउनु भयो । सचिव झाँक्रीले आफू मन्त्रीहुँदा मन्त्रालयबाट स्वीकृत योजनाहरु सबै सार्वजनिक खरिद प्रक्रियाबाट गर्ने प्रयास गरेको बताउनु भयो ।