६ मंसिर २०८१, बिहीबार
,
Latest
नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट उपत्यकामा तीनजना मृतावस्थामा भेटिए विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

महादेवको बाहन गोरु किन ?



अ+ अ-

हाम्रा देवीदेवताका बाहन पनि अचम्मका छन् । कसैका सिंह, कसैका मुसा, कसैका कुकुर त कसैका गोरु । झट्ट हेर्दा त हाँसो उठ्ने, काल्पनिक कथाजस्तो लाग्ने । यथार्थ बुझ्नलाई रूपक पक्षलाई भन्दा वैज्ञानिक दृष्टिले चिन्तन, अनुसन्धान गर्न जरुरी छ । महादेवको बाहन नन्दीलाई शास्त्रको अध्ययन एवं वैदिक दर्शनको ज्ञान नभएकाले गोरुको रूपमा देख्दछन् ।

नन्दी गाई र गोरुको सन्तान नभएर शिलाद ऋषिका पुत्र हुन् । शिलाद ऋषिले महादेवलाई प्रसन्न गरेपछि मानसपुत्रका (विना आमाका सन्तानका) रूपमा शिवकै अंशस्वरूप नन्दीलाई प्राप्त गरे । सात वर्षकै उमेरमा नन्दी सम्पूर्ण शास्त्रमा पारङ्कत बने । एक दिन महादेवको आज्ञाले मित्र र वरुण नामका ऋषिहरू शिलादका आश्रममा पुगेर नन्दीको आयु एक वर्षमात्र भएको बताए । यो विषयले चिन्तित बनेका शिलादलाई सम्झाउँदै नन्दीले मृत्युलाई जित्न महादेवको ध्यान गर्न थाले ।

उनको तपस्याबाट प्रसन्न बनेको महादेवले नन्दीलाई आफ्ना अंगरक्षक बनाउनका साथै आफ्नै स्वरूप प्रदान गरे । यसकारण नन्दीलाई महादेवको दोस्रो रूप पनि भनियो । महादेवले गणेशको शिरमा हात्तीको टाउको जोड्न एवं दक्षप्रजापतिको यज्ञ नाश गर्न नन्दीले सहयोग गरेका थिए । नन्दीको स्वरूप पहिले बाँदरको जस्तो थियो ।

उनको रूप देखेर हाँसेका रावणलाई नन्दीले बाँदरका सेनाले नाश गरुन् भनी श्राप दिएका थिए । महादेवले नन्दीको क्षमता र विद्वत्ताबाट प्रभावित भएर कमलबाट बनेको शिरोमाला नन्दीको गलामा लगाइदिए । यहीकारण नन्दीको मूर्ति बनाउँदा उनको घाँटीमा माला अनिवार्य रूपमा राख्नुपर्छ । नन्दीले चौधसूत्रहरूको सार तथा वास्तविक अर्थ सत्ताइस कारिकामा उजागर गरिदिए । उनी पशु थिए भने महादेवका १४ सूत्रको गूढार्थ व्याख्या गर्ने, युद्धमोर्चाको कार्यभार सम्हाल्ने थिएनन् ।

स्थितं वा शयितं वागपि यथा योग्यं तथाचरेत् ।
सुधालोहैः फलैर्द्रव्यैर्यथा योग्यं तथा चरेत् ।
–मयमतम् (२३।१२८)

अर्थात् “नन्दीको मूर्ति उभिएको वा बसेको अथवा अन्य मुद्रामा अवश्यकताअनुसार बनाउन सकिन्छ । सुधा, फलाम आदि धातु वा योग्य द्रव्यबाट बनाउन सकिन्छ ।” शिवालयमा नन्दीलाई सकेसम्म पूर्वमुख वा उत्तरमुख गराएर राख्नुपर्छ । नन्दीलाई शिवको अंश एवं महादेवका बाहन सम्झेर शिवालयमा छोड्ने चलन छ ।

देवीदेवताको मन्दिर हो त्यसअनुसार भैरव भए बोका, शिवको भए साढेँ, देवी वा बुद्धको भए परेवा आदि छोड्ने चलन छ । कतिपय मठमन्दिर मा स्वतः रुपमा सम्बन्धित पशुपंक्षी आउँछन् । देवी, भगवान् राम वा शिवालयमा प्रायः बाँदर हुन्छन् । देवी शक्तिकी प्रतीक हुन् जहाँ शक्तिका प्रतीक हनूमान्का वंशज पाइन्छन् ।

ऋषिको श्रापले गर्दा हनूमान्ले आफूमा रहेको क्षमता भुल्दथे । रामका दूत बनेर लंका जाँदा हनूमान्लाई उनको शक्तिको जानकारी जाम्बवान्ले गराएका थिए । रामको प्रियपात्र हुनाले हनूमान्को मूर्ति राममन्दिरअगाडि राखिन्छ । महादेवको स्वरूप हुनाले हनूमान्को मूर्ति शिवालयनजिकै स्थापना गरिन्छ । कतिपय मठमन्दिरनजिकै पोखरी निर्माण गरी माछा पालिन्छ ।

तनहुँको छाब्दीबराहमा माछाले त्यहाँको तीर्थस्थललाई मनोरम तुल्याई शोभा बढाएको छ । वेदव्यासकी आमाको नाम मत्स्यगन्धा थियो । उनी मादी र सेतीको दोभानमा डुङ्का चलाएर प्राप्त आयबाट परिवारको गुजरा टार्न बुबालाई सहयोग गर्दथिन् । पराशर ऋषि र मत्स्यगन्धाबाट जन्मिएका वेदव्यासको जन्मभूमि तथा कर्मभूमि यही थियो ।

माछाले वेदव्यास, पराशर र मत्स्यगन्धाको इतिहासलाई सुरक्षित गरेका छन् । देवीदेवताको बाहनले वास्तु, इतिहास, पौरस्त्य ज्ञान, विज्ञानका रहस्य आदिलाई उजागर गर्दछन् । बाहन द्वारपाल आदिलाई बुझेरमात्र पूजा गर्नुपर्छ ।

शिवालयअघि राखिएको नन्दीको दायाँ खुट्टा पूर्णरुपमा खुम्चाएको देव्रे खुट्टा उठ्न लागेको स्वरूप देखिन्छ । शिवालयको पश्चिमढोकामा शिवले नन्दीलाई देख्ने गरी सम्मुखमा राख्नुपर्छ । राममन्दिरमा हनुमान् एवं शिवालयमा नन्दीले क्रमशः राम र शिवलिङ्गलाई हेरेको अवस्थामा राखिन्छ । देवीमन्दिरमा सिंह, गणेशमन्दिरमा मुसालाई द्वारपालझैँ मूर्तितर्फ नभई बाहिर फर्काएर राखिन्छ । बाहनले आफ्नो इष्टदेवलाई हेरेको मन्दिरमा साधना छिट्टै फलीभूत हुन्छ ।

बाहन र इष्टदेवबीच शक्ति प्रवाह भइरहने हुनाले यिनीहरूको बीचबाट हिँड्न हुँदैन । बाहनले देवतालाई, देवताले बाहनलाई हेरेको मूर्तिमा गरेको पूजा, उपासनाबाट लौकिक फल (जग्गाजमिन, जागिर, पुरस्कार, धन, पुत्रादि)सहितले मोक्ष पनि मिल्छ । नेपालमा रहेका कामदेव र भैवरका मूर्तिमा ऊध्र्वलिङ्ग (लिङ्गमाथि गएको) देखिन्छ । ऊध्र्वरेता (वीर्यमाथितिर जाँदा) भएमात्र साधनाको फल छिटो मिल्छ, मुक्ति प्राप्त गर्दछ । अधरेता (वीर्यपतन) हुँदा सन्तान जन्माउँछ । स्त्रीको स्तन झोलिएको नभई गठिएको अर्थात् अविवाहिताको जस्तो देखाइन्छ, यसले संरक्षण एवं उर्बरताको बोध गराउँछ । झट्ट हेर्दा यो नग्नता र अश्लिलता हो । साधनाका दृष्टिले यस्ता मूर्ति महत्वपूर्ण हुन्छन् ।

नेपालका विष्णु, देवी, भैरव, कामदेवका मूर्ति अन्य देशको भन्दा भिन्न, आश्चर्यजनक र शक्तिमूलक छन् । नेपालमा महालक्ष्मी, महासरस्वती, दुर्गा, महाकालीको पूजा हुन्छ । नेपालबाहेकका राष्ट्रमा लक्ष्मी, सरस्वती र कालीको पूजा गरेको भेटिन्छ । अन्य मूर्तिमा एक सय माला जप्नु र नेपालका प्राचीन मूर्तिमा एकमाला जप्दासमान फल मिल्छ । यसैले मूर्तिमा देखिएको नाङ्गोपनले साधनाको फल बताउँछ, छाडावादलाई संरक्षण गर्दैन ।

शिवालयमा रहेको नन्दी ज्ञानको प्रतीक हो जो ज्ञानस्वरूप शिवबाट विमुख हुनसक्दैन । नन्दी धैर्यको प्रतीक हो त्यसैले उनको मूर्ति न त पूर्णरुपमा बसेको, न त उठ्न लागेको अवस्थामा छ । आवश्यकताअनुसार काम गर्न तयार रहेको जस्तो गरी बसेको देखिन्छ ।

सिसृक्षोब्रम्हा पूर्वं स्तनाद्धर्मो विनिर्गतः ।
वृषरूपश्चतुर्वेदचतुःपादः शुभाकृतिः ।।
ज्ञानं वैराग्यमत्युग्र यस्य श्रृड्डद्वयं प्रिये ।
सत्यं तपः कर्णयुग दमो दानं तु चक्षुषी ।।
लाङ्गुलमस्य चैश्वर्यं रोमावलिः पुण्यसन्ततिः ।
तेन स्पृष्टाः प्रजाः सर्वाः शुद्धसत्वा बभूविरे ।।
–माहेश्वरतन्त्रम् (ज्ञानखण्ड २७।१९–२१)

अर्थात् “सृष्टिको इच्छा गर्ने ब्रéाको स्तनदेखि पहिले धर्मको उत्पत्ति भयो । यो धर्म नन्दीरूपका चार खुट्टा नै चार वेद थिए । ज्ञान र वैराग्य स्वरूपका दुई सिड्ड, सत्य र तपका दुई कान, दम(इन्द्रिय निग्रह) एवं दान नन्दीका दुई आँखा थिए । पुच्छर ऐश्वर्यवाला, पुण्यहरूको समूह यसको रौँ थियो ।” पूजा गर्ने उद्देश्यले स्थापित शिवलिड्डमा मात्र नन्दी राखिन्छ, महादेवको मूर्तिअगाडि अति कम स्थानमा मात्रै नन्दी राखिन्छ । नन्दीलाई शिवको बाहन मानिन्छ, महादेवको झण्डामा नन्दी राखिएकाले महादेवको बाहन होइन ।

सबै शिवालयमा नभएर “स्थिरलिड्डे वृषः पूज्यो नचले वृषभः स्मृतः” अर्थात् स्थिर शिवलिड्डमा मात्र नन्दी राखिन्छ, दैनिक पूजा गरेर विसर्जन गर्ने शिवलिड्डमा नन्दी राख्नुपर्दैन । नन्दी वास्तवमा गोरुविशेष होइन सर्वशास्त्रका ज्ञाता ऋषिका छोरा हुन् । नन्दीले महादेवलाई आवश्यक सूचना दिन्थे । उनी शिवका परम उपासक थिए ।

मठमन्दिरमा रहेका देवीदेवताका बाहन वा पहरेदारको शारीरिक संरचनाले त्यो मूर्तिको उपासनापद्धति कुन मन्त्र वा तन्त्रद्वारा, कस्तो सामग्रीले, कसरी पूजा गर्ने बारे बताउँछन् ।

महादेवलाई साँढेमाथि चढ्ने, डमरु बजाउने, नग्न बस्नेलगायतका उपमा दिएर केही पुराणहरूले बयान गरेका छन् । डामेर छोडेका साँढेमा महादेव चढ्नुभएको होइन । महादेवको हातमा रहेको डमरुले उहाँलाई संगीतज्ञ बताउँछ । तन्त्र साधनाका लागि डमरु उत्तिकै उपयोगी बादन हो । शास्त्रीय संगीतलगायतका बादनमा प्रयोग गरिने बाद्ययन्त्रले तन्त्रसाधनामा विशेष सहयोग पुग्छ । एकतारे, दमाहा, डम्बरु, डम्फू, धिमेबाजा, ढ्याङ्ग्रो, काहाल आदिलाई तन्त्रमा उपयोग गर्न सकिन्छ । भूत, प्रेत, तामसी स्वभाव र प्रवृत्तिलाई नियन्त्रणमा राख्न यसको ध्वनिले सहयोग गर्दछ । अहिले पनि धामी, झाँक्री, फेदङ्वा आदिले ढ्याङ्ग्रो बजाउने, त्रिशूलले कोर्ने गर्दछन् । हाम्रा बाजा, खाना, घर, साधना आदिमा तन्त्र र मन्त्रको प्रयोग भेटिन्छ ।

क्षमाश्रृड्डः शमश्रोत्रो वेदध्वनिविभूषितः ।
आस्तिक्यचक्षुर्निश्वासगुरुबुद्धिमना वृषः ।।
–शिवपुराण, (विद्येश्वरसंहिता १७।८६)

अर्थात्, “त्यो धर्मरूपी साँढेका क्षमारूपी सिङ छन्, मानसिक स्थिरता एवं शान्तिरूपी त्यसका कान छन्, उक्त साँढे वेदध्वनिले सिँगारिएको छ, त्यसका आस्तिक बुद्धिरूपी आँखा छन्, वेदाक्षर त्यसको निश्वास छ, मन र बुद्धि त्यसका उदर (पेट) हुन् ।” पुत्र प्राप्त भएपछि शिलादलाई परमानन्द भयो र छोराको नाम नन्दी राख्नुभयो । जसले मन्त्रलाई साक्षात्कार (देख्छ) गर्छ त्यसलाई ऋषि भनिन्छ ।

यसबाट थाहा हुन्छ कि ऋषि पद प्राप्त गर्न कति कठीन रहेछ । शिलाद त ऋषि थिए । ऋषिका छोरा अवश्य चारखुट्टे पशु भएनन् । के मानिसबाट चारखुट्टे पशुको जन्म सम्भव छ र ? नन्दी सानैदेखि ध्यानी, तपस्वी र तŒवज्ञानी थिए । नन्दी आफ्नै त्याग, तपस्या र सामथ्र्यकै कारण महादेवको निकटवर्ती एवं शिवका उपासक भए ।

अझ भनौँ महादेवको यात्राको कार्यभार सबै बहन गर्ने जिम्मा नन्दीले पाए । बाहनबाट सम्बन्धित देवीदेवता पूजाबाट मिल्ने लाभको जानकारी मिल्दछ । सिहंलाई वनको राजा, कामवासनामाथि विजय प्राप्त गर्ने जनावर भनिन्छ । देवीले भयानक राक्षसहरूलाई निर्मूल पारेकी थिइन् । देवीदेवताका जस्तो व्यवहार र स्वभाव छ, बाहन पनि त्यस्तै स्वभावका हुन्छन् । यसकारण देवीमन्दिरअगाडि सिंह राखिएजस्तै शिवालयअघि नन्दीको मूर्ति राखिन्छ । नन्दीको विवाह मरुत्की छोरी सुयशासँग भएको थियो । महादेवले पार्वतीसँग सल्लाह गरेर नै नन्दीलाई गणाध्यक्ष पद दिनुभएको थियो । यसकारण महादेवका स्वकीय सचिव नन्दी हुन् भन्दा फरक पर्दैन । महादेवका प्रियपात्र, उच्चकोटिका साधक र ज्ञानोपासक भएकै करण शिवलिड्डअगाडि बस्ने अधिकार नन्दीलाई प्राप्त भयो ।

पादौ जानु कटिर्यावदर्चादृष्टिश्च वाहने ।
वृषदृष्टिर्विष्णुभागे घटितेषु च शास्त्रतः ।।
अर्चा श्रेष्ठा तथा लिड्डं निलयांशेषु सर्वतः ।
वृषं न्यूनाधिकं बाणे रत्नजे च स्वयम्भुवि ।।
–अपराजितपृच्छा (१०९।१०–११)

अर्थात् “महादेवको मूर्ति हो भने नन्दीको उचाई पाउ, तिघ्रा, कम्मर वा दृष्टिसम्म हुनुपर्छ अथवा शास्त्र निर्देशित हुनुपर्छ । शिवलिड्डको हकमा जलहरीभन्दा अग्लो नन्दीको उचाई हुनुहुँदैन ।” शिवलिड्डमा नन्दीको उचाई ब्रéभागदेखि विष्णुभागसम्म हुनुपर्छ । शिवलिड्ड जुन पदार्थबाट बनेको छ त्योभन्दा बहुमूल्य वा पवित्रतम पदार्थबाट नन्दीको निर्माण गर्नुहुँदैन । नन्दीको पूजा एवं दर्शन नगरी शिवलिड्ड वा महादेवको पूजा र दर्शन गर्नुहुँदैन । नन्दी र शिवलिड्डको बीचमा बसेर पूजा गर्नुहुँदैन ।

उहाँका बीचमा शक्ति प्रवाह हुनेहुनाले त्यसले साधकलाई राम्रो गर्दैन । नन्दीले विभिन्न युद्धमा भाग लिएका र कतिपय स्थानमा सेनापतिको भूमिका निर्वाह गरेको वर्णन पुराणहरूमा पाइन्छन् । गोरुले देवताहरूको नेतृत्व गर्दै युद्ध गर्नु त हाँस्यपद हुन्छ । कतिपय स्थापनमा नन्दीले शास्त्रको मर्मलाई उजागर गरेको दृष्टान्त पाइन्छ ।

नन्दी कुनै पनि दृष्टिले पशु थिएन । नन्दी वास्तवमा ज्ञान, विज्ञान, अध्यात्म आदिका ज्ञाता भएको विषयलाई घुमाउरो भाषामा शिवालयअगाडि राखेर बुझाउन खोजिएको हो । शिवका पाश्र्वर्ती, महादेवका स्वकीय सचिव, वेदका ज्ञाता, मन्त्र र तन्त्रका विज्ञ नन्दीलाई गोरु भन्नु दुःखद विषय हो । नन्दी त ज्ञान, ध्यान र ब्रéचिन्तन गर्ने ऋषि हुन् ।