२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

रविलाई पक्रिन राज्य किन यति धेरै सक्रिय ?

रविलाई पक्रिन राज्य किन यति धेरै सक्रिय ?
अ अ+ अ-

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालतले पुर्पक्षका लागि थुनामै राख्नुपर्ने निर्णय भएसँगै प्रहरीले तत्कालै पक्राउ गर्‍यो ।

उच्च अदालतले बुटवलमा आदेश दिएलगत्तै प्रहरीले काठमाडौंमा रहेका रविलाई पक्राउ गरेको हो । राति सुत्ने तयारीमा रहेका रविलाई पक्राउ गर्न घरमै प्रहरी पुगेपछि उनले आफू अदालतको आदेशअनुसार प्रहरीलाई गिरफ्तारी दिने घोषणा गरेका थिए । तर प्रहरीले तत्काल उनलाई घरबाटै पक्राउ गर्‍यो ।

लामिछानेलाई समात्न राति ९ बजे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली हात्तीगौंडास्थित सिजी हिल्समा रहेको लामिछाने निवास पुगेको थियो ।

प्रहरी टोली पुग्दा लामिछाने आफ्नो कोठामा बसिरहेका थिए । उनलाई थुनामा पठाउने आदेश आएको थाहा पाएलगत्तै रास्वपाका उपसभापति डिपी अर्याल, सांसद् शिशिर खनाल, गणेश पराजुली, नेता प्रणय राना, विपिन आचार्य लगायत पनि त्यहाँ पुगिसकेका थिए ।

लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट, डीएसपी अनिल घिमिरे लगायतले लामिछानेलाई अदालतको आदेश कार्यान्वयनका लागि भन्दै आफूहरूसँगै जान भनेका थिए । प्रहरीले लामिछानेलाई किन यति हतारका लागि पक्राउ गर्‍यो भन्ने चाहिँ रोचक छ ।

सयौं प्रहरीकै अगाडिबाट गाडि हुँइक्याएर फरार भएका राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईंलाई पक्राउ गर्न नसकेको प्रहरीले अदालतको आदेश स्वीकार गर्न आफैं प्रहरीको पुग्ने बताइरहेका रास्वपा सभापति लामिछानेलाई घरबाटै गिरफ्तार गरेको छ । रवि अपराधि करार भइसकेका व्यक्ति होइन । उनी एउटा राष्ट्रिय दलको सभापति हुन्, सांसद हुन् र उपप्रधान तथा गृहमन्त्री भइसकेका व्यक्ति हुन् । उनले अदालतको निर्णयलाई सहर्ष स्वीकार गर्छु भनिसकेका थिए । तर रातारात प्रहरीले उनलाई घरबाट पक्राउ गरेको हो ।

त्यसो त अघिपछिका उदाहरण हेर्दा कुनै पनि अदालतले फैसला गरिसकेपछि पनि लामो समयसम्म आदेश नआएको भन्दै प्रहरीले आलटाल गर्ने गरेका थिए । तर यस पटक साँझ ७ बजेपछि बुटवलमा अदालतले आदेश दिँदा नदिँदै यता रविको घरमा प्रहरी पुगिसकेको थियो । अदालतले के आदेश दिएको छ भनेर सञ्चारमाध्यममा आएका समाचारकै आधारमा प्रहरी रविकोमा पुगेको देखिन्छ । प्रहरीले न अदालतको आदेश पढेको थियो, न त कार्यान्वयनका लागि भन्दै प्रहरीकोमा आएको नै थियो ।

रवि लामिछानेको घरमा प्रहरी पुगे पनि कुनै कागजात थिएन । रवि आफैंले औपचारिक कागजात माग्न खोजे । प्रहरी पक्राउ पूर्जी समेत नलिई आएको थियो । पक्राउ पर्नुअघि सार्वजनिक भएको भिडियामा पनि प्रहरी निकै हतारमा रहेको देखिन्थ्यो । प्रहरीले रविलाई तत्काल गइहालम् भनेर आग्रह गरिरहेका थिए । तर रविले पक्राउ पूर्जी माग गरिरहेका थिए ।

प्रहरी त्यसबेला उच्च अदालत बुटवल इजलासले दिएको आदेशको प्रतिलिपि मात्र बोकेर त्यहाँ पुगेका थिए । प्रहरी अधिकारीहरुले त्यही प्रतिलिपिमा हस्ताक्षर गरेर लामिछानेलाई हिंड्न भनेका थिए । तर, रास्वपा नेताहरु र लामिछानेले पक्राउ पूर्जी दिनुपर्ने भन्दै अडान लिए ।

लामिछानेको कोठामा रहेका अन्य रास्वपा नेता तथा सहयोगीहरुले प्रहरीलाई ‘तयारी गरेर आउनु पर्दैन ?’ भन्दै प्रश्न गर्न थाले । त्यसपछि केही बेर प्रहरी र लामिछानेबीच सवाल जवाफ समेत भयो ।

प्रहरीले लामिछानेकै अगाडि पक्राउ पूर्जी लेखेर थमाउँदै पक्राउ गरेको थियो । यो अनौठो दृश्य थियो । जुन यसअघि भएका घटनामा यस्तो हतारो प्रहरीले गर्ने गरेको थिएन ।

रविलाई पक्राउ गर्न हतार गरिनुका कारण के हो प्रष्ट भइसकेको छैन । तर उनी चार वटा अदालतबाट धरौटीमा रिहा भएपछि पार्टीको काममा सक्रिय भएका थिए । पछिल्लो समय उनले अब आफूले बोल्ने समय आएको बताउँदै आएका थिए । आज मात्र रविको पार्टी रास्वपाले चितवनमा सभा गर्ने तयारी गरेको थियो । त्यो सभामा रविले ठूला राजनीतिक दलका शीर्ष नेताहरुप्रति आक्रोस व्यक्त गर्ने भयले पनि अदालतको आदेश लगत्तै पक्राउ गरिएको हुनसक्ने देखिन्छ ।

त्यसो त अहिले राजावादी र गणतन्त्रवादीबीच जुहारी चलेको छ । यो जुहारीमा रास्वपा अलि पर बस्दै आएको थियो । कतै रास्वपाले राजावादी समूहलाई औपचारिक रुपमा साथ दिन्छ कि भन्ने भयसमेत प्रमुख दलका शीर्ष नेताहरुमा देखिन्छ । त्यसैले पनि लामिछानेलाई पक्राउ गर्ने हतारो प्रहरीले गरेको हुनसक्छ ।