
काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वेद फर्कंदै छन् ।
पाँच दिन लामो भैमण पूरा गरेपछि उनी आज फर्कन लागेका हुन् । उनी दिउँसो थाइ एयरवेजको बिमानबाट फर्कने कार्यक्रम छ ।
थाइल्यान्डमा रहँदा प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । उनले बिमस्टेक सदस्य राष्ट्रका प्रधानमन्त्रीहरुसँग साइडलाइन वार्तासमेत गरेका थिए ।
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि भेटवार्ता भएको थियो । उनीहरुबीच एक्लाएक्लै ४० मिनेटसम्म कुरा भएको बताइएको छ । दुवै देशका प्रधानमन्त्रीले भेटवार्ता राम्रो भएको बताएका छन् ।