१ पुष २०८२, मंगलवार
,
Latest
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विद्येयक सन्देश सहित फिर्ता गर्न राष्ट्रपतिलाई सल्लाह



अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवाहरुले नागरिकता विद्येयक सन्देश सहित फिर्ता गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । पूर्वसचिव द्वारिकानाथ ढुंगेल सहितको टोलीले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक मुलुकका लागि हितकर नभएको भन्दै सन्देश सहित संसदमा फिर्ता गर्न आग्रह गरेको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनु भएको छ । नागरिक समाजका प्रतिनिधिहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले आफूले यो विधेयक गम्भिरतापूर्वक अध्ययन गरिरहेको जानकारी गराउनु भयो ।

भेटमा सहभागि वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले न्युजपोलारसँग भन्नुभयो ‘यो विधेयक मुलुककको हितमा छैन अर्थ, विधेयकका रुपमा पनि आएको होईन यस्तो अवस्थामा सन्देश सहित फिर्ता पठाउनु नै उपयुक्त हुने सल्लाह दियौँ ।’

यसैगरी भेटमा सहभागी पूर्वप्रदेश प्रमुख एवं सञ्चारकर्मी डा राजेश अहिराजले न्युजपोलारसँग भन्नुभयो ‘नागरिकता विधेयक पुनर्विचार गर्नु नै पर्ने अवस्था छ, त्यही प्रकारको सुझाव दिईएको छ ।’

उहाँले तीन वटा बिषयमा ध्यानकर्षण गराएको पनि जानकारी गराउनु भयो । गलत तवरबाट नागरिकता लिनेलाई भन्दा नागरिकता दिनेलाई डबल दण्ड दिनुपर्ने, बंशजको नागरिकलाई मात्र राजनीतिक अधिकार हुनुपर्ने , नवनागरिक वा अंगिकृतलाई राजनीतिक अधिकार दिन नहुने तथा बुवा र आमाको पहिचान नभएका व्यक्तिलाई बंशजको नागरिकता दिने कार्य मुलुकका लागि ठुलो घात हुने भएकाले त्यो कुरामा पुनर्विचारको आवश्यक रहेको उहाँले बताउनु भयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनु भएको छ । प्रमाणीकरणका लागि विधेयक पुगेपछि राष्ट्रपतिले परामर्श गर्नुभएको छ ।